धनगढी, २८ मङ्सिर । भौगोलिक विकटताका कारण सरकारी संयन्त्रका दृष्टिमा निकै टाढा कैलालीको मोहन्याल गाविसमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयको पहलमा घुम्ती शिविर गरिएको छ । चुरे पहाड क्षेत्रमा पर्ने अति विकट मोहन्याल गाविसको कटुन्जेमा सोमबार र आज मङ्गलबार आयोजना गरिएको शिविरमा झन्डै ४०० स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । प्रजिअ…