काठमाडौँ, ४ मङ्सिर । नेपाल भाषाको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका नेपाल भाषाका व्यक्तित्व लक्षमण नेवालाई आज यहाँ आयोजित कार्यक्रममा विभिन्न १३ सङ्घ संस्थाले अभिनन्दन गरेको छ । २००७ सालमा जन्मनु भएका नेवाले २०२२ सालमा रेडियो नेपालले नेपाल भाषाको समाचार प्रशारणमा रोक लगाएपछि त्यस बेलाको सरकार विरुद्ध खरो रुपमा उत्रनुका साथै नेपाल भाषा क्षेत्रमा म्हयाय् मचा…