जाजरकोट, ३ मङ्सिर । यहाँ दुर्गमका स्वास्थ्य संस्था खाली बनाएर स्वास्थ्यकर्मीको सरुवा गरिएको छ । विगतमा झाडापखाला र स्वाइनफ्लुको महामारी फैलिएका पैक, नायकवाडा र रग्दा गाविसका स्वास्थ्य संस्था नै खाली हुने गरी स्वास्थ्यकर्मी सरुवा गरिएको हो । यसरी स्वास्थ्य संस्था नै खाली गराएर सरुवा गरिँदा यहाँका स्थानीयवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने भएका छन् ।…