काठमाडौँ । खोटाङबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो । दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोल टोली घटनास्थलमा पुगेको…