काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाले सहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा बोल्दै दोलखाका नेता शंकर लामाले नेताका परिवार मारिँदा…