काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा (एमाले) गम्भीर राजनीतिक संकटमा फसेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्रको अन्तरविरोध दिनानुदिन तीव्र बन्दै गएकाले यसको भविष्यबारे पूर्वानुमान गर्न सकिने अवस्था नरहेको दाबी गरे । शुक्रबार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको पाँचौं अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेलाई "मूल कम्युनिस्ट पार्टी"…