भद्रपुर, १७ भदौ । झापाको धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थल चिल्लागढलाई संरक्षण गर्दै स्थानीय जनताको पहलमा दुईवटा बाटोलाई मर्मतसम्भार गरिएको छ । महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ कन्काइं नदीको पश्चिमी किनारमा रहेको चिल्लागढलाई यसै वर्ष कन्काई नदीमा पटक–पटक आएको बाढीले त्यस क्षेत्रमा कटान गर्दै चिल्लागढलाई जोखिममा पारेको थियो । चिल्लागढको संरक्षण एवम संवद्र्धनमा सरकारले गरेको लगानी एवम्…