३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

पदको लागि राजनीतिमा लागेको होइन : बुद्धिकिरण राई



बुद्धवीर बाहिङ/काठमाडौं । नेतृत्वमा रहँदाखेरी मात्रै काम गर्ने नरहँदाखेरी काम नगर्ने भन्ने हाम्रो समाजमा नकारात्मक मानसिकता छ । त्यस्तो मानसिकताबाट म टाढा छु । मेरो मानसिकता कहिल्यै त्यस्तो हुँदैन र नहोस पनि ? संसारमा यस्ता लोप भएकाहरु त्यत्ति माथि पुगेको इतिहास छैन । अध्यक्ष नै भएर संसारमा राम्रो सफलता प्राप्त गरेको पनि कहि देखिन्न । मैले पदको लागि राजनिती गरेको होइन । सबैले पदको राजनीति गरेको देख्छु । तर म जुन ठाउँमा बसेर पनि नेतृत्व गर्न सक्छु । त्यो क्षमता म मा छ । त्यसैले नेतृत्वमा, माथिल्लो मेजर पदभित्रै रहेर मात्र काम गर्नु पर्छ भन्ने मलाई लाग्दैन ।
वि.सं. २०३९ साल वैशाख १५ गते सोलुखुम्बु जिल्लाको बासा गाविसमा जन्मिएका बुद्धिकिरण राई सानै उमेरदेखि सिर्जनशील र नेतृत्व गर्ने क्षमता राख्थे । राईको बाल्यकाल वासा गाविसमै वित्यो । उनले प्रारम्भिक शिक्षा हिमालय उच्च माध्यमिक विद्यालय वासाबाट शुरु गरे । दुई जना दाई शिक्षक र अरु विद्यार्थी भएकाले एक र दुई कक्षामा नपढी एकैचोटी कक्षा ३ मा भर्ना भई पढ्न थालेका थिए ।
बुबा तुलवीर राई र आमा जीमालक्ष्मी राईको कोखबाट कान्छो सन्तानको रुपमा राईको जन्म भएको थियो । संयुक्त परिवारमा जन्मिएका राईको बाल्यकाल सुखसयलमै बित्यो । तर उनले आमाको अनुहार कस्तो थियो भनेर राम्ररी ठम्याउन समेत सकेका थिएनन् । पछि फोटोमा हेरेर आमाको अनुहार त यस्तो पो रहेछ भनेर थाहा पाए । आमाको माया कस्तो हुन्छ भन्ने उनलाई अभैm पनि थाहा पाएका छैनन् । उनको परिवारमा सात भाई दुई बहिनी, आमाबुबा सहित ११ सदस्यीय हो । उनले हिमालय उमाविबाटै निमावि र माध्यमिक विद्यालयको पढाई पूरा गरे । प्राथमिक स्तरदेखि माध्यमिक स्तरसम्म पढ्दा उनी कहिल्यै दोस्रो भएनन् । कक्षामा उनी सँधै पहिलो स्थान ओगट्न सफल भए । सोलुखुम्बु बहुमुखी क्याम्पसबाट प्लस टू र स्नातक तहको पढाई पूरा गरेका थिए । स्नाकोत्तर तहको पढाई त्रिभुवन विश्व विद्यालयबाट शिक्षा शास्त्रमा पूरा गरेका थिए । उच्च शिक्षामा उनले पहिलो श्रेणिमा पास गरेका थिए । अहिले उनी त्रिभुवन विश्व विद्यालयमा राजनितीशास्त्र अध्ययन गरिरहेका छन् ।
Awaran News Photo 3उनी सानै उमेरदेखि सामाजिक कार्यमा संलग्न भएका थिए । उनकै गाउँमा एउटा क्लब गठन गरी सानै उमेरदेखि सामाजिक सेवामा लागेका थिए । हिमालयन युवा क्लब नामक सामाजिक संस्थाबाट उनले सामाजिक क्षेत्रमा काम गर्न थालेका थिए । उनी त्यो क्लबको सचिव भएर सामाजिक काममा सक्रिय भएर लागेका थिए । उनको राजनैतिक पृष्ठभूमी पनि सानै उमेरदेखि शुरु भएको छ । हिमालय उमाविमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको सचिव भएर विद्यार्थी राजनीतिमा सक्रिय भएर लागेका थिए । उनी प्रारम्भिक कमिटिमा वि.सं. २०५१ सालमै आबद्ध भएका थिए । पढाईसँग सँगै विद्यार्थी राजनीतिमा पनि उनको उत्तिकै महत्व दिएर सक्रिय भएर लागि रहे । उच्च शिक्षा हासिल गर्ने क्रममा सोलुखुम्बु बहुमुखि क्याम्पसको प्रारम्भिक कमिटिमा सदस्य समेत रहेर काम गरे । त्यही बेलादेखि उनी जिल्ला कमिटि सदस्यमा समेत सर्वसम्म निर्वाचित भए । अनेरास्ववियूको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला कमिटि सदस्य हुँदै उनी राष्ट्रिय परिषद सदस्य भए । चितवनमा भएको सत्रौं राष्ट्रिय सम्मेलनमा समेत केन्द्रीय सदस्य पदको उमेद्वारी दिएका थिए । तर उनले सदस्यमा जित्न सकेनन् ।
उनले सामुदायिक संस्थामा पनि निक्कै लामो समयसम्म सक्रिय रुपमा काम गरे । शुरुमा किरात राई विद्यार्थी संघ सोलुखुम्बुको सस्थापक अध्यक्ष भएर सोलुखम्बु सामुदायिक कामको शुरुवात गरे । त्यसपछि केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुखको जिम्मेवारीमा रहेर समेत उनले किरात राई समुदायको काम गरे । उनी किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको सल्लाहकार सदस्यको रुपमा समेत काम गरेका थिए ।
उनले जिमी राई उत्थान समाज स्थानीय समिति सोलुखुम्बुको एक कार्यकाल अध्यक्ष भएर काम गरे । लामो समयसम्म अध्यापन पनि गरे । माउण्ट एभे्रष्ट बोर्डिङ स्कूलमा साँढे चार वर्षसम्म पढाए । त्यसपछि रेन्बो इन्टरनेस्नल कलेज काठमाडौंमा स्नाथक तहका विद्यार्थीहरुलाई पढाए । त्यसपछि सोलु फर्किएर जन जागृति उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढाउन थाले । त्यही समयमा एभ्रेष्ट मल्टीपल कलेजमा पढाउन थाले । त्यहाँ पढाउँदा पढाउँदै उनले जागिर छोडेर राजनीतिमा लागे ।
‘राजनीति समाज रुपान्तरको आधार हो, समाजलाई अगाडि बढाउने एउटा माध्ययम हो, योजना बनाउने, राज्यलाई अगाडि बढाउने, समाजलाई अगाडि बढाउने कुरामा एक खाले मनस्थिति त्यता लाग्यो, त्यसैले राजनीतिमा हाम फाले’ राईले भने ‘पैसा पनि आवश्यकता हो, यद्यपी पैसा सँगसँगै सामाजिक काम पनि, बढि मनस्थिति त्यतातिर लागेको हुनाले सामाजिक काम गर्ने उद्देश्यले राजनीतिमा हात हालेको हो ।’
‘हाम्रो समाजमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृत्ति सबैभन्दा नराम्रो बानी छ । भिजननै नभएकाहरुले राष्ट्रलाई अगाडि बढाउने काम भैरहेको छ । तर भिजन भएकालाई ओझेलमा पार्ने काम यहाँ भैरेको छ, त्यस्तो फटाहहरुको संख्या बढि देखिएको छ राजनैतिक पार्टीमा’ राईले भने, ‘नेपालमा जुनसुकै क्षेत्रमा समस्यै समस्याहरु छन्, जनताहरुमा चेतना स्तर पनि जुन अरु राष्ट्रको जस्तो उक्सीनु पर्ने त्यो उक्सेको छैन, अरुले भ्रममा पार्दा खेरी हो भन्ने एउटा भ्रमभित्र रहने प्रवृत्ति पनि यहाँको एउटा राजनीतिभित्रको समस्या हो, क्षमतावानलाई खुट्टा तान्दीने प्रवृत्ति सबैभन्दा यहाँको एकदमै नराम्रो बाटो हो ।’
म हिजो पनि आफ्नो खुट्टामा उभिएको मान्छे । विद्यार्थी राजनीति गर्दा पनि चन्दा मागेर कहिल्यै राजनीति गरिन । पछिल्लो दिनमा जागीरे भइयो र सँगसँगै अहिले पनि व्यवसाय गरिरहेको छु । सामाजिक काम गर्ने मान्छेले व्यवसाय अगाल्नु पर्छ भन्ने मलाई लाग्छ । हिजोको चलन अहिले पनि यथावत नै छ कमिशनमा सामाजिक काम गर्ने, राजनीति गर्ने प्रवृत्ति छ यो कुरामा मेरो आपत्ति छ । आपूm सक्षम छैन भने उसले गफ दिएर मात्र हुँदैन । नेपालको राजनीति कतिपय अवस्थामा गफाडे राजनीति छ । कुरा धेरै गर्ने व्यवहारका कुराहरु नजान्ने चलन छ । इतिहासको व्याख्या गर्ने मान्छे चाँही यहाँ ठूलो राजनीतिज्ञ हुन्छ । एकले अर्कालाई धेरै गाली गर्ने मान्छे चाँही राजनीतिकर्मी हुन्छ । कमिशनतन्त्रमा अरुलाई थर्काएर, अरुलाई कुटेर, लुटेर कमिशन लिने मान्छे चाँही यहाँको राजनीतिकर्मी हुन्छन् । मेरो आफ्नो कुरा गर्दा व्यवसायिक आधारमै, त्यही जगमा टेकेर म सामाजिक काम गर्छु भन्ने लाग्छ । यही व्यवसायिक जगमा टेकेर राजनीति कामलाई अगाडि बढाउँ भन्ने मलाई ढृड विश्वास छ ।
सोलुखुम्बु जिल्लाको हकमा हेर्दा राजनैतिक चेतना नेतादेखि जनतामाझमा पनि निक्कै कम छ । सोलु र छिमेकी जिल्लाको राजनैतिक चेतनास्तर जनतामाझ हेर्ने हो भने आकाश पत्तालकै फरक देख्छु । तर भ्रम चीर्न, गुण्डागर्दी, लोभलाल्चा, आर्थिक चलखेलका कुराहरु हेर्दाखेरी प्रस्ट रुपमा त्यत्ति जनताको चाहना अनुसार होइन की भन्ने लाग्छ । अहिले गर्न सक्ने मान्छेलाई चुन्न आवश्यक छ । धेरै वर्ष भो दुई तीन दशक नै भैसक्यो प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन भएको । यी सबै अभ्यासहरु हेर्दा खेरी संसदीय निर्वाचनमा अगाडि बढ्ने कुराहरु जो अघिनै मैले भने पैसाको खेलक कुराहरु भए, गुण्डा गर्दीका कुराहरु भए, पब्लीक अर्वानेसका कुराहरु धेरै कम छन् । यसलाई पब्लीक अर्वानेस नै सबै भन्दा माथि उकास्न सकियो भने मान्छेले आफ्नो इच्छाले चाहेको मान्छेलाई भोट दिन्छन्, त्यो भोटिङ राइट्स चाही जनताहरुमा छ । सबभन्दा पहिला पब्लीक अर्वानेस हो भन्ने लाग्छ । यसमा शैक्षिक होला, अन्य सबै आर्थिकदेखि लिएर सारा कुराहरुको चेतना स्तर उकास्न सकियो भने मान्छेले आफ्नो इच्छा अनुसार चुनेर जनताको काम गर्ने मान्छो चुन्छन्, चुन्न सक्छन् भन्ने मलाई लाग्छ । यसको लागि अब चुनाब भन्ने कुरा प्राविधिक कुरा पनि भयो कतिपय कुराहरु क्षणभरमा जनतालाई आतंकित बनाएर चुनाब जित्ने प्रवृत्ति पनि छ । यस्ता कुराहरुलाई राज्यले एक खालको सुरक्षा जनतालाई दिन सक्नु पर्छ । अनि मात्र खुल्ला मनले भोट दिने वातावरण बन्न सक्छ । सोलुका जनताहरुले इच्छा अनुसारको व्यक्ति चुनेर सोलुको भाग्य भविष्य हरेक कुराहरुमा माथि उठाउनको लागि एक खालको अवसर र योजना ल्याउन सक्ने व्यक्तिलाई जिताउन सक्छन् भन्ने मलाई लाग्छ ।
Awaran News Photo 2यसको लागि सबैभन्दा पहिले त रोजगारीका अवसरहरु आफ्नै देशमा दिन सकियो भने दिनदिनै यूवारु विदेशिनु पर्दैन । आफ्नै देशमा रोजगारी पाउन सक्छन् । यूवा पंक्तिलाई विदेश जानबाट रोक्नको लागि उद्योग, कलकारखामा राज्यले ध्यान दिनु प¥र्यो । कृषि क्षेत्रलाई अगाडि बढाउन सक्नु प¥र्यो, पर्यटन व्यवसायलाई अगाडि बढाउन सक्नु प¥र्यो, अवसरका कुराहरुमा राज्यले योजना बनाएर कार्यान्वयन गर्नु प¥र्यो । नेपालको परिवेशमा हेर्दा अहिले कति वटा उद्योग चलेका छन् ? दुई तीन हजार यूवाहरुलाई रोजगारी दिने उद्योग छैन नेपालमा ? अनि यहाँका यूवाहरु विदेशी भूमीमा काम गर्न नगएर कहाँ जाने त ? विदेश गएर पसिना बगाउनु यूवाहरुको बाध्यता हो । बाध्यता भएपछि जे काम गर्न पनि विदेशी भूमीमा जानु पर्छ । विदेश नजाउ भन्नको लागि योजना चाहियो । उद्योग, कलकारखाना खोल्नु प¥र्यो ? बल्ल अनि त्यसमा रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । होइन भने विदेशीने यूवाहरुको संख्या कहिल्यै कमि हुँदैन । झन दिनप्रतिदिन बढिनै रहन्छ । जो क्षमता भएका यूवाहरु छन्, उनीहरुलाई यही बसेर काम गर्ने प्रोत्साहन राज्यले दिन सक्नु प¥र्यो । विदेशको कुनै पनि ठाउँमा आफ्नो प्रतिभा देखाएर, कला, क्षमता प्रस्तुत गरेर यूवाहरु अवसर लिइरहेका छन्, त्यो अवसर यही दिनको लागि राज्यले यूवा लक्षित कार्यक्रम ल्याएर प्रोत्साहन दिन सक्नु प¥र्यो, सुरक्षा दिन सक्नु प¥र्यो । अनि मात्र यूवाहरु यो देशमा बस्न र बाँच्न सक्छन् ।
देश विकास गर्नको लागि सबैभन्दा पहिला दूरदृष्टि हुनुप¥यो, यूवाहरुलाई विभिन्न क्षेत्रमा अगाडि ल्याउने, कृषिमा इच्छा भएकोलाई कृषिमा, पर्यटनमा इच्छा भएकोलाई पर्यटनमा, आफ्नो इच्छा अनुसारको काममा लगाउन सक्नु प¥र्यो । यी कामको लागि हामी योजना बनाउदै छौं । ती रोजगारीका अवसरहरु, विचार दृष्टिकोणका कुराहरुलाई आधार बनाएर नै हामी अगाडि बढ्ने सोचमा छौं ।
मलाई त जीन्दकी बढो सहज लाग्छ । हिजो जागीरे जीन्दकी पनि बढो सहज लाग्थ्यो । अहिले पनि मलाई सहजै लागिरहेको छ । मान्छेले जीन्दकी बढो गाह्रो भो, बढो अफ्ठ्यारो भो भनेर व्याख्या गर्छन् । मलाई सहजता नै लाग्छ, किन भने जीन्दकीलाई सहजता बनाउन आफ्नो मनस्थिति हो, आफ्नो क्षमता हो । असहता बनाइयो, असहजता महशुस गरियो त्यही हुने हो । त्यसैले सँधै सकारात्मक सोचका साथ अगाडि बढ्ने मानिसको मानसिकतामा कहिल्यै असहजता हुँदैन ।

साभार : चाम्फुरी मासिक

प्रकाशित मिति : २३ माघ २०७३, आइतबार  ३ : १० बजे