४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग


११ फाल्गुन २०७३, बुधबार  

0
Shares

काठमाडौँ, ११ फागुन । नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमाङ्कनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न सरकारसँग माग गर्नुभयो ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न आग्रह गर्दै उहाँले भौगोलिक अखण्डताको संरक्षण गरी राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

Sagarmatha

संयोजक डा भट्टराईले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिदैं समय र खर्चको मितव्ययिता अपनाउन सङ्घ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटी सम्पन्न गर्न माग गर्नुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७३, बुधबार  ८ : ०७ बजे