५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

नेपाल सद्भावना पार्टी असन्तुष्ट


११ फाल्गुन २०७३, बुधबार  

0
Shares

काठमाडौँ, ११ फागुन । संविधान संशोधन नगरी यथास्थितिमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा नेपाल सद्भावना पार्टीले सरकारप्रति असन्तुिष्ट व्यक्त गरेका छन् ।

सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन नगरी यथास्थितिमा संविधान कार्यान्वयनका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन जनताको चाहाना विपरीत रहेको आरोप लगाउनुभयो ।

सरकारले देशको शोषित, पीडित उपेक्षित जनताको भवना चाहाना र अपेक्षामाथि कुठाराघात गर्दै एकल जातीय एवम् वर्गीय स्वार्थबाट प्रेरित भएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएको भन्दै पार्टीले त्यसको विरोध जनाएको सम्मेलनमा पार्टीका प्रवक्ता डा डिम्पल कुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sagarmatha

विज्ञप्तिमा पार्टीको २८ औँ स्थापना दिवस आगामी वैशाख ३ गते गरिने पनि उल्लेख छ ।

लामो समयपछि हुन लागिएको स्ववियु निर्वाचन पनि मनोमानी ढङ्गले त्रिभुवन विश्व विद्यालयको मर्यादा विपरीत गर्न लागिएको आरोप पनि विज्ञप्तिमार्फत सो पार्टीले लगाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७३, बुधबार  ११ : ०६ बजे