१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचनमा जाने : अध्यक्ष ठाकुर


१३ चैत्र २०७३, आइतबार  

0
Shares

 

सप्तरी, १३ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताउनुभएको छ ।

आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गर्नुभयो ।

अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प छैन् भन्नुभयो ।

संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ उहाँले भन्नुभयो ।

अध्यक्ष ठाकुरले नेकपा(एमाले)को मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : १६ बजे