२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अल कायदा कमान्डर मारिए


१३ चैत्र २०७३, आइतबार  

21
Shares

 

वासिङ्गटन, १३ चैत । पाकिस्तानको सुविधा सम्पन्न हाटेललगायत पाकिस्तानमा भएका ठूल–ठूला आतङ्ककारी आक्रमणमा आबद्ध रहेका अल कायदाका उच्चस्तरीय कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् । वासिङ्गटनले शनिबार सो जानकारी दिएको छ ।

पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन गत मार्च १९ का दिन अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको हवाई आक्रमणमा मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

यासिन मारिएको पुष्टि गर्नु हँुदै अमेरिकी विदेशमन्त्री जिम मार्टिसले विशेषगरी निर्दोष व्यक्ति लक्ष्य बनाउने यस व्यक्ति न्यायको कठघराबाट भाग्न नपाउने बताउनुभएको छ ।

Sagarmatha

सन् २००८ को सेप्टेम्बर २० मा इस्लामावादको मार्रिओट होटेलका भएको आक्रमणमा यासिन आबद्ध रहेका बताइएको छ । यसमा परी दुई अमेरिकी नागरिकसहित दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

पाकिस्तानी अधिकारीका अनुसार यासिनले सन् २००३ मा पूर्वराष्ट्रपति पर्भेज मुसरफ र सन् २००४ प्रधानमन्त्री पदमा रहनुभएका शाउकात अजिजको असफल हत्याको प्रयासमा समेत हात रहेको थियो । रासस÷एएफपी

प्रकाशित मिति : १३ चैत्र २०७३, आइतबार  ११ : २० बजे