चितुवाले बालिका लग्यो

0 Shares

बैतडी, १८ भदौ । जिल्लाको तल्लोस्वराडमा आज साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ ।

बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

आँगनमा रहेकी बलिकालाई आक्रमण गरी चितुवाले लगेको हो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दुरीमा पर्छ । यसअघि गत भदौ ४ गते पनि तल्लोस्वराडको उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दका सात वर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।
तल्लोस्वराडमा चितुवाको आक्रमणवाट पाँच वर्षयता २१ जनाको ज्यान गइसकेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार