१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

रौतामा भलिबल प्रतियोगिता


२ बैशाख २०७४, शनिबार  

0
Shares

गाईघाट (उदयपुर), २ वैशाख । पशुपक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन् । बुधबार सम्पन्न हुने भलिबल खेलमा प्रथम हुने टोलीलाई रु २० हजार र द्वितीय हुने टोलीलाई रु १० दश हजार पुरस्कार व्यवस्थापन गरिएको रौता स्पोर्टस् क्लब तथा खेल आयोजक समितिका सचिव टेकराज रिखामले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार  ६ : ०३ बजे