२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

कोलोम्बियामा भवन भत्किँदा पाँचको मृत्यु


१५ बैशाख २०७४, शुक्रबार  

0
Shares

 

बोगोटा, १५ बैशाख । उत्तरी कोलोम्बियाको क्यार्टेगेना सहरमा निर्माधिन अवस्थामा रहेको एक भवन बिहीबार भत्किँदा कम्तीमा पाँच व्यक्तिको मृतयु भएको स्थानीय समाचार समितिले जानकारी दिएको छ ।

करिब ६ तले भवनको संरचना गर्न लागिएको निर्माधिन अवस्थामा रहेको सो भवन भत्किएर भएको दुर्घटनामा परी करिब १७ व्यक्ति घाइते भएका छन् भने, अन्य २० जना भवनको भग्नावशेषमा नै फसेको अनुमान गरिएको छ ।

भत्किएको भवन भग्नावशेषबाट उद्धारकर्ताहरु र रेडक्रसका कार्यकर्ताहरुले जीवितै व्यक्तिको उद्धार गर्ने कोशिसमा रहेका जनाइएको छ ।

Sagarmatha

क्यार्टेगेना अग्नी नियन्त्रण विभागका अनुसार हालैका दिनहरुमा परेको भीषण बर्षाको कारण सो भवनको संरचना कमजोर भएको कारणले गर्दा भवन भत्किएको हो । रासस /सिन्ह्वा

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार  ११ : ५८ बजे