२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु


१५ बैशाख २०७४, शुक्रबार  

0
Shares

 

नाइजेरिया, १५ वैंशाख । उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

योबे र बोर्नो राज्यको बीचमा पर्ने स्थानमा आत्मघाती आक्रमणकारीले देशभक्त नेता अबु मुसएब अल बर्नावीलाई लक्ष्य गर्दै सो आक्रमण गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

मन्गुजुम गाउँमा सैनिकको एक जथालाई विस्फोटक पदार्थ बोकेको भ्यानद्वारा आत्मघाती आक्रमण गरेको एक सैनिक अधिकारीले जानकारी दिएका छन् ।

Sagarmatha

यस आक्रमणको दौरान पाँच सैनिक गुमाउनुको साथै विभिन्न स्तरमा ४० सैनिक घाइते भएका नाम नबताउने शर्तमा एक सैनिक अधिकारीले जानकारी दिएका छन् । उनी सुचना दिने अधिकारीक व्यक्ति नभएको नाम नबताएको समाचारमा उल्लेख छ । रासस/एएफपी

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार  १२ : ०१ बजे