१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

को हुन् आङदामी शेर्पा ?

जसले सोलुदुधकुण्ड नगरपालिकालाई नमूना नगरपालिका बनाउँदैछन् ?



वि.सं. २०२८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अञ्चल सभापति भएपछि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नु भएका आङदामी शेर्पा अहिले नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुको सल्लाहकार सदस्यमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सोलुदुधकुण्ड नगारपालिकामा मेयर पदको उम्मेदवार चुनिएका छन् ।

वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट भारी बहुमतले विजयी भएका आङदामी शेर्पाले तत्कालिन समयमा लोकप्रिय र जनप्रिय भएर विभिन्न विकासका योजनाहरु सम्पन्न गर्नुभयो । शिक्षा नै मानिसको पहिलो आवश्यकता हो भन्ने मूल नाराका साथ साविकको सल्लेरी गाविसको ९ वटै वडामा भएका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरे । गरिबीको रेखामुनी रहेका जनतालाई घरघरमै खाद्यान्न र नुन उपलब्ध गराउनु भयो । शेर्पाको यो लोकप्रियताको कारणले गर्दा अन्य राजनीतिक पाटीको उम्मेदवार भन्दा सोलुदुधकुण्ड नगरपालिकाको नेकपा एमालेको उम्मेदवार बलियो छ भन्ने आधारहरु प्रशस्तै छन् । जसले सोलुखुम्बु जिल्लाको एक मात्र नगरापालिकामा स्थानीय तहको निर्वाचनमा एमालेले बाजी मार्न सक्छ ।
शेर्पाको पाटीगत मात्र होइन व्यक्तिगत मत पनि अन्य पाटीको उम्मेदवारभन्दा बढीनै भएको जानकारहरु बताउँछन् । नगरपालिकाको मेयर पदमा उम्मेदवारी चुनिएपछि वडा–वडा तथा गाउँगाउँमा शेर्पाको काम र नामको चर्चा, परिचर्चा शुरु भएको छ ।
उम्मेदवार शेर्पाको कार्यशैलीले यत्तिबेला नगरबासीहरुमा एक प्रकारको उत्साह र उल्लास थपिएको छ । शेर्पाले नगरापालिकामा जिते नगरपालिकाको विकास व्यवस्थित र हिमाली शहर बनाउँन सफल हुने मतदाताहरुको भनाई छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ६ : ०२ बजे