अमेरिकन नागरिकबाट ड्रोन क्यामेरा बरामद

0 Shares

ओखलढुंगा, २० भदौ । ओखलढुंगामा एक अमेरिकन नागरिकबाट प्रहरीले ड्रोन क्यामेरा बरामद गरेको छ । अनुमति विना ड्रोन प्रयोग गरेको पाइएपछि टोक्सेल गाविसको हर्कपुरबा20160905_103525ट बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु हिडेका अमेरिकन नागरिक ५४ वर्षीय जाँन प्रिकोटबाट ड्रोन क्यामेरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले बताए ।

सुनकोशीमा ड्रोन उडाएको पाएपछि प्रहरीले प्रिकोटबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । अमेरिकन नागरिकलाई भने प्रहरीले सोलुखुम्बु जान अनुमति दिएको छ । उनी प्रहरीको सम्पर्कमा आउने शर्तमा छोडिएको र ड्रोन उडाएकोबारे अनुसन्धान भइरहेको ओखलढुंगाका डिएस्पी मिलन केशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार