बुद्धवीर बाहिङ/सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामध्ये सोताङ गाउँपालिका र लिखुपिके गाउँपालिकामा मतगणना शुरु भएको छ । सोताङ गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार खिलराज बस्नेतले अग्रता लिएका छन् भने लिखुपिके गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर बस्नेतले अग्रता लिएका छन् ।
सोताङ गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष ३०६, उपाध्यक्ष २९३, नेकपा एमाले अध्यक्ष १७५, उपाध्यक्ष २४२, माओवादी केन्द्र अध्यक्ष २०, उपाध्यक्ष २० र स्वतन्त्रले ४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष पदमा २६७, उपाध्यक्ष २५७, नेकपा एमाले अध्यक्ष १५५, उपाध्यक्ष १६७ र माओवादी केन्द्र अध्यक्ष २९९, उपाध्यक्ष ३०३ मत प्राप्त गरेका छन् । थप जानकारीका लागि तलको लिङमा क्लिक गर्नुहोस ।
१५ असार २०७४, बिहिबार
7
Shares







