बुद्धवीर बाहिङ/सोलुखुम्बु, १६ असार । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदमा सागर किराती विजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका विपना कुलुङ विजयी भएका छन् । विजयी उम्मेदवारले कति मत ल्याए भन्ने आधिकारी जानकारी आएको छैन ।

दुधकोशी गाउँपालिकामा नेकपा एमाले जितको नजिक पुगेको एमाले निकट नेताहरुले बताएका छन् । दुधकोशी गाउँपालिकामा अब केहि मत मात्र बाँकी भएकाले एमालेको उम्मेदवार विजयी हुने नेताहरुको दावी छ ।
सोलुदुधकुण्ड नगरपालिका, सोताङ, नेचासल्यान गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ भने दुधकोशी, र खुम्बुपासाङल्हामु गाउँपालिकामा एमालेले अग्रता लिएको छ । दुधकौशीका गाउँपालिकाको भने अझै मतगणना शुरु भएको छैन । भौगोलिक विकटताका कारण मतपेटिका मतगणना केन्द्रमा ढिलो आईपुगेकाले मतगणना कार्य ढिलो भएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए ।
थप जानकारीका लागि तलको लिङमा क्लिक गर्नुहोस ।







