२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेचासल्यान गाउँपालिकामा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी


१७ असार २०७४, शनिबार  

287
Shares

बुद्धवीर बाहिङ/सोलुखुम्बु, १८ असार । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डुफकुमार वास्तोला विजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका कुमारी शर्मा विजयी भएका छन् । विजयी वास्तोलाले १६९८ मत प्राप्त गरेका छन्, भने उपाध्यक्ष शर्माले २००२ मत प्राप्त गरेका छन् ।

वास्तोलाको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनजन राईले १६५६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अमृताकुमारी राईले १५८१ मत प्राप्त गरेका छन् ।

नेचासल्यान गाउँपालिकाकाे १ र २ वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ भने वडा ३, ४ र ५ मा नेकपा एमालेले प्यानलै विजयी हासिल गरेको छ । वडा नं. ६ साविकको तिङला गाविसमा भने नो भोट नो क्याण्डिडेट भनेर कसैले मतदान तथा उमेदवार दिएनन् । साविकको तिङला गाविसलाई सोलुदुधकुण्ड नगरपालिकामा गाभिनु पर्ने माग गरी तिङलाका स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

Sagarmatha

नेचासल्यान गाउँपालिकामा पनि नेकपा एमालेको बहुमत आएको छ । एमालेको अध्यक्ष, ३ वडाको वडा अध्यक्ष र सदस्य सहित १६ सिट सहित अग्रस्थान प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले उपाध्यक्ष, २ वडाको वडा अध्यक्ष र सदस्य सहित ११  सिट ल्याएको छ ।

प्रकाशित मिति : १७ असार २०७४, शनिबार  ११ : ०० बजे