२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

मन्त्री थापाद्वारा गुरुङप्रति श्रद्धाञ्जलि


९ भाद्र २०७४, शुक्रबार  

0
Shares

 

पोखरा, ९ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का कार्यसमिति सदस्य लीलकाजी गुरुङको निधनमा आज श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

यही भदौ २ गते निधन हुनुभएका स्व गुरुङको स्मृतिमा नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीद्वारा आज आयोजित श्रद्धाञ्जलि सभामा उहाँले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुका साथै सामाजिक सेवामा स्व गुरुङले पु¥याउनुभएको योगदान अविष्मरणीय भएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै सामाजिक विकासमा क्षेत्रमा स्व गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

कार्यक्रममा सांसद शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति वृजमान गुरुङलगायतले स्व गुरुङको योगदानबारे चर्चा गर्नुभएको थियो ।

विसं.२०१९ मंसिर २३ गते जन्मनुभएका गुरुङको यही भदौ २ गते काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार  १० : २७ बजे