२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

बाहिङ किरात मुलुखिम दक्षिण कोरियाको पहिलो अधिवेशन सेप्टेम्बरमा



काठमाडौं,२२ भदौ । बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको पहिलो ऐतिहासिक अधिवेशन सेप्टेम्बरमा हुने भएको छ । सेप्टेम्बर १५ तारिख बिहीबारका दिन पहिलो ऐतिहासिक अधिवेशन हुने भएको हो ।
South-Koriya-Photo.
दक्षिण कोरियामा कर्म गरिरहेका बाहिङहरुको भाषा, संस्कार, संस्कृति, कला, धर्म, साहित्य र परम्परालाई बचाउनको लागि सामुदायिक रुपमा एकताबद्ध भएर लाग्नको लागि बाहिङ किरात मुलुखिमको शाखा गठन गरिएको अध्यक्ष सुनिल बाहिङ राईले बताए । दक्षिण कोरियामा कामको शिलशिलामा पुगेको बाहिङहरुलाई अधिवेशनमा अनिवार्य उपस्थितिको लागि आग्रह गरिएको बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाका सहसचिव किरण बाहिङले बताए ।
दक्षिण कोरियाको प्रुजियो अपार्ट सुवानमा हुन गइरहेको पहिलो ऐतिहासिक अधिवेशन विहान साँढे ११ बजेबाट शुरु हुने अध्यक्ष सुनिल बाहिङ राईले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७३, बुधबार  ३ : १३ बजे