बारा, ६ असोज । बाराको निजगढ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा होमिए पनि गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको छ ।
कांग्रेसका सुरेशकुमार खनाल मेयरमा विजयी भएका हुन् । खनाल आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्कालाई ६ हजार ८ सय १८ मतमा रोकेर विजयी हुन सफल भएका हुन् । उनले ७ हजार ६ सय ४८ मत ल्याउँदै विजयी भएका हुन् ।
उपमेयरमा भने नेकपा एमालेकी लिलादेवी लामिछानेको पल्लाभारी भएको छ । उनी माओवादी केन्द्रका बेनीबहादुर मोक्तानलाई पराजित गर्दै विजयी भएकी हुन् । निजगढमा कांग्रेस–माओवादी मेयर र उपमेयर लिएर चुनावमा होमिएका थिए । गठबन्धनको मेयर उम्मेदवार विजयी भए पनि उपमेयर पराजित भएका छन् ।
दुई पार्टीको गठबन्धन सामना गरेर चुनावी मैदानमा उत्रिएको एमालेले उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको छ । १३ वडामध्ये ८ वडामा एमालेले कब्जा जमाएको छ भने बाँकी ५ वडा कांग्रेसले जितेको छ ।
६ आश्विन २०७४, शुक्रबार
0
Shares







