२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नगराइनमा काँग्रेस विजयी


७ आश्विन २०७४, शनिबार  

0
Shares

 

जनकपुर, ७ असोज । स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।

सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव ५ हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह ४ हजार ८ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले) का रामबाबु पंजियारले ४ हजार ७१ मत र राधादेवी यादवले ४ हजार १ सय ८९ मत ल्याएका थिए ।

निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँग्रेस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् ।

Sagarmatha

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार  ४ : ४५ बजे