कलैया, ७ असोज । संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ ।
प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३ हजार ६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले २ हजार ६ सय ९० मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा फोरमकै बबिता यादव ३ हजार ४ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले १ हजार ९ सय ८७ मत प्राप्त गरका छन् ।








