तोकेको जिम्मेवारी पूरा गर्न तयार:डा अवस्थी

0 Shares

बैतडी, २४ भदौ । सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेका डा लवदेव अवस्थी बैतडीको शङ्करपुर–६ मा बुबा अम्बादत्त अवस्थी र आमा गङ्गावतीदेवी अवस्थीको कोखबाट २०१५ सालमा जन्मनुभएको हो । डा अवस्थी हाल नेपाल सरकारको सचिव पदमा काम गरिरहेका छन् ।

उनले आधारभूत शिक्षा भने शङ्करपुरमा रहेको शङ्कर संस्कृत उच्च मावि मूलखटालीबाट ग्रहण गरेका थिए । गत महिना मात्रै सरकारले उनलाई सचिवमा बढुवा गरेर मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा पठाएको थियो ।

संविधानले भाषा आयोगलाई मुख्यतः चारओटा काम तोकेकाले आफ्नो कार्यकालमा ती काम कुशलतापूर्वक सम्पन्न गर्ने उनले बताए । भाषा आयोगले सरकारी कामकाजको भाषाको विषयमा सरकारलाई सिफारिस गर्नेछ भने भाषाको विकास र विस्तारका लागि पहल गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार