३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

एमाले सोलुखुम्बुबाट प्रतिनिधी र प्रदेश सभा उम्मेदवार सर्वसम्मत



बुद्धवीर बाहिङ/सोलुखुम्बु, १९ असोज । आगामी मंसिर १० गते हुने प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले सोलुखुम्बुले प्रत्यक्ष उम्मेदवारमा अध्यक्ष मानवीर राईलाई सर्वसम्मत सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्रीय कमिटि सोलुखुम्बुको बैठकले अध्यक्ष राईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा एमाले सोलुखुम्बुबाट प्रतिनिधी सभाको लागि समानुपातिक उम्मेदवार भने सोनामग्याल्जेन शेर्पालाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं २ बाट प्रत्यक्ष उम्मेदवार बुद्धिकुमार राजभण्डारीलाई सिफारिस गरेको छ । भने समानुपातिक उम्मेदवारमा आङङिमा लामालाई सर्वसम्मत सिफारिस गरिएको छ । प्रदेश सभा क्षेत्र नं. १ को उम्मेदवार भोलीको बैठकले टुंगो लगाउने नेकपा एमाले जिल्ला सचिवालय सदस्य डिल्ली राईले बताए ।

मानवीर राई प्रत्यक्ष उम्मेदवार प्रतिनिधी सभा
वि. सं. २०४२ साल पञ्चायतकालमा भूमिगत विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका मानवीर राई सोलुखुम्बु जिल्ला नेकपा एमालेबाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् । भूमिगत राजनीतिबाट औपचारिक रुपमा राजनैतिक यात्रा तय गरेका राई हाल नेकपा एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष समेत छन् ।
खुल्ला बहुदलीय व्यवस्था आएपछि राई किसान संघ, वि.सं. २०४८ सालको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य, उपसचिव, उपाध्यक्षहुँदै जिल्ला कमिटि अध्यक्ष भएका हुन् । पछिल्लो राजनैतिक घटनाक्रम वाम तालमेलप्रति राई सन्तुष्ट नै देखिन्छन् । ‘केन्द्रमा वाम तालमेल हुँदै गर्दा हामीले यसको उच्च सम्मान गरेका छौं’ राईले भने ।

बाम तालमेलको कुरा गर्दा सोलुखुम्बुमा सबैभन्दा बढी स्थानीय तह नेकपा एमालेले जितेको छ । केन्द्रबाट सोलुखुम्बुको लागि प्रतिनिधी सभाको उम्मेदवार नेकपा एमालेकै हुनु पर्छ भन्ने मान्यता रहेको राईले बताए । राईले लामो समयसम्म निष्पक्ष, जनपक्षिय काम गरेका छन् । ‘कुनै जनताको विरुद्धमा काम गरिन, जनताको पक्षमा सधैँ इमान्दार भएर काम गरिरहे, यी सबै कुराहरुले गर्दाखेरी, हाम्रो उम्मेदवारीले सोलुखुम्बुमा हाम्रो पक्षमा जनमत आउँछ भन्नेमा मलाई पूर्ण विश्वास छ’ राईले भने ।

सोनामग्याल्जेन शेर्पा समानुपातिक उम्मेदवार प्रतिनिधी सभा

वि. सं. २०४६ सालमा नेपाल ल क्याम्पसको प्रारम्भिक कमिटिको सदस्यमा सबैभन्दा बढी भोट ल्याएर राजनीतिक जीवन शुरु गरेका सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बु जिल्ला नेकपा एमालेबाट प्रतिनिधी सभाको समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । वि. सं. २०४७ सालमा शेर्पा पार्टी सदस्य भएका थिए । वि. सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको नाम्चे गाविस अध्यक्षमा विजयी भए । शेर्पाले राजनीतिक यात्रासँगै सामाजिक सेवामा पनि निरन्तर लागि रहे । उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको १५ वर्ष अध्यक्षमा निर्विरोध निर्वाचित भएर काम गरे । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सामुदायिक नमूना परियोजना खुम्बु बिजुली कम्पनीको अध्यक्ष भएर समेत काम गरे । केहि वर्ष सगरमाथा क्लबको अध्यक्ष भएर पनि सामाजिक सेवामा महत्वपूर्ण योगदान दिए । हाल उनी नेकपा एमालेको पर्यटन प्रबद्र्धन विभागको केन्द्रीय सदस्य छन् ।
शेर्पाले ‘अब्राम कञ्जरभेसन’ अवार्ड, ‘जनसेवा श्री’ पदक, विभिन्न अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरु समेत प्राप्त गरेका छन् ।
खुम्बुपासाङल्हामु गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप ग¥र्यो । स्थानीय तहको निर्वाचनको नतिजा ल्याउने शेर्पाको अग्रणी भूमिका छ । पछिल्लो राजनीतिक घटनाक्रको बारेमा शेर्पा भन्छन्, ‘बाम तालमेलले नेकपा माओवादी केन्द्र पनि हामीसँग आउँदा जिल्लामा नेकपा एमालेकै पकड भएकाले एमालेकै उम्मेदवारलाई प्राथमिकता दिनु पर्छ भन्ने हो, बाम तालमेलले गर्दा हामी यस क्षेत्रबाट १०० प्रतिशत नै निर्वाचनमा चुनाब जित्छौ ।’

‘हामी परिवर्तन चाहन्छौं, अहिलेको कन्सेप भनेको राजनीतिभन्दा पनि मोडालीटि, व्यवस्थापनको कुरा बढी उठाउँछौं, यो अहिलेको युवापीढिहरुको मान्यता हो’ शेर्पाले भने, ‘हामी २० प्रतिशत मात्र राजनीतिको कुरा गर्छौं, ८० प्रतिशत हामी व्यवस्थापनको कुरा गर्छौं, आर्थिक उन्नती, विकास निर्माण, हामी कसरी समृद्धितर्फ जान्छौं ।’ व्यवस्थापनको कुरालाई अगाडि बढाएर सोलुखुम्बु जिल्लालाई नै पर्यटन विकास गर्ने जिल्लाको रुपमा नमूना जिल्ला बनाउने शेर्पाको मुख्य एजेण्डा रहेको छ ।
‘राजनीति कसैले नेताको झोला बोक्न गरेको होइन, सबै कार्यकर्ताहरु कुनै न कुनै पदमा पुगी देशको सेवा गरौं भनेर राजनीति गरेका हुन्छन्, त्यसैले हामीले के कुरामा विचार पु¥याउनु पर्छ भने अहिलेको राजनीतिक दलमा जुन किसिमको भ्याकुमहरु छन् त्यस्तो भ्याकुम क्रिएट गर्नु हुँदैन्, आफूभन्दा तलका नेताहरुलाई पनि नेतृत्वमा ल्याएर अगाडि बढाउँनु पर्छ, तलको नेतृत्व जबसम्म बलियो हुँदैन, माथिको नेतृत्व पनि बलियो हुन सक्दैन, त्यसैले मेरो मान्यता भनेको कुनै पनि पदमा ५ या १० वर्षभन्दा बढि बस्नु हुँदैन भन्ने हो’ उम्मेदवार शेर्पाले भने ।

बुद्धिकुमार राजभण्डारी प्रदेश सभा प्रत्यक्ष उम्मेदवार क्षेत्र नं. २

वि.सं. २०३८ सालबाट प्रत्यक्ष रुपमा राजनीति शुरु गरेका बुद्धिकुमार राजभण्डारी नेकपा एमाले प्रदेश सभा क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएका छन् । भण्डारीले अनेरास्ववियू छैठौंको जिल्ला उपाध्यक्षबाट औपचारिक रुपमा राजनीतिक यात्र शुरु गरेका थिए । उनी वि. सं. २०४० सालमा जनमोर्चाको जिल्ला सचिव भए । वि. सं. २०४९ सालमा जनमोर्चाबाट सल्लेरी वडा ७ को वडा अध्यक्षमा विजयी भए । वि. सं. २०५१ सालको जेठ ३ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा आएको एक हप्तामा जिल्ला कमिटि सदस्यसँगै कार्यालय सचिवको जिम्मेवारी राजभण्डारीलाई दिइएको थियो । वि.सं. २०५३ साल मंसिरमा दोस्रो जिल्ला अधिवेशनबाट उनी पार्टी सचिव भए ।
वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रत्यक्ष उम्मेदवार भएका थिए । दोस्रो संविधान सभाको निर्वाचन २०७० सालमा उनी समानुपातिक उम्मेदवार भएका थिए । ‘जिल्लामा काम र काजको हिसावमा एमालेको तर्फबाट बुद्धिकुमारले जुन अदा भूमिका निर्वाह गरेको छ, त्यो अदा भूमिका जनतालाई थाहा छ, त्यसको आधारमा नेकपा एमालेको पक्षमा सबै क्षेत्रमा, सबै पक्षमा क्षेत्र नं. १ र २ का सम्पूर्ण मतदाताहरुले नेकपा एमालेलाई मतदान गर्छन् भन्ने विश्वास छ, त्यसो भएको हुनाले मैले पार्टीमा खेलेको भूमिका र पार्टीको तर्फबाट जनताको पक्षमा, कार्यकर्ताको पक्षमा गरेको कामको आधारमा असाध्यै राम्रो भूमिका निर्वाह गरेको छु, झनै संकटकालमा त जिल्लामा एमालेको तर्फबाट सचिव बुद्धिकुमार राजभण्डारीको अदा भूमिका रहेको छ, त्यसैले एमालेको पक्षमा जनमत आउँछ’ राजभण्डारीले भने ।

आङङिमा लामा प्रदेश सभा समानुपातिक उम्मेदवार क्षेत्र नं. २

वि.सं. २०२५ सालमा जनजागृति माध्यमिक विद्यालयमा अनेरास्ववियूको अध्यक्ष भएर राजनैतिक यात्रामा होमिएका आङङिमा लामा प्रदेश सभा क्षेत्र नं. २ को समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । कक्षा ९ मा अध्ययन गर्दै गर्दा लामाले औपचारिक रुपमा राजनैति जीवन शुरु गरेका थिए । वि. सं. २०२६ सालमा उच्च शिक्षाको लागि उनी काठमाडौ गएका थिए । काठमाडौंमा पनि उनले अखिलको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरे ।
वि. सं. २०३१ सालमा उनी नेशनल कलेजमा पढ्थे । जुनबेला उनी बिएको परीक्षा दिदै थिए । त्यही बेला क्षेत्रपार्टीमा क्रान्तिकारी विद्यार्थीहरुको भेला थियो । ‘त्यही बेला राजा विरेन्द्रको राज्यभिषेक भैरहेको थियो, त्यहाबाट म गिरफ्तार भए, मलाई गिरफ्तार गरेर डिएस पी कार्यालयमा १४ गतेसम्म राखे, त्यसपछि मलाई सेन्टर जेल चलान ग¥र्यो, नख्खु जेलमा मोहन चन्द्र अधिकारीसँग भेट भयो, ६ महिनासम्म नख्खु जेलमा वन्दी जीवन बिताए, बल्ल ६ महिनापछि जेलमुक्त भए’ शेर्पाले भने ।
शेर्पा नेकपा माले सोलुखुम्बुको संस्थापक सचिव भएर पनि काम गरेका थिए । वि. सं. २०५४ सालको स्थानीय निकायको चुनाबमा नेकपा एमालेको तर्फबाट उनी जिल्ला सभापति भए । जिल्ला सभापति हुँदा पूर्वाञ्चलको सबैभन्दा राम्रो काम गरेको भनेर सगरमाथा अञ्चल समन्वय कमिटिले सम्मान गरेको थियो । नेकपा एमालेको पाचौं अधिवेशनबाट उनी अध्यक्ष भए । पहिलो संविधान सभाको निर्वाचनमा समानुपातिक र दोस्रो संविधान सभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार भएर चुनाव लडेको शेर्पालाई चुनावि अनुभव राम्रै छ ।

नेकपा माओवादी केन्द्रसँगको चुनावी तालमेलमा शेर्पा पनि निक्कै उत्साहित र खुशी भएका छन् । शेर्पाले भने, ‘मदन भण्डारीले प्रतिपादन गरेका विश्वव्यापी सिद्धान्त जनताको बहुदलीय जनवादलाई अंगीकार गर्दै चाँडोभन्दा चाँडो पार्टीलाई एकिकरण तर्फ लैजान र सोलुखुम्बु जिल्लाको सम्पूर्ण कार्यकर्ता त्यसमा आबद्ध हुनको लागि म हार्दिक आग्रह गर्न चाहन्छु, किनभने अब नेपालको परिवेशमा यो देशको जनता र राष्ट्रको समृद्धि र अस्थित्वको जर्गेना गर्ने हो भने बामपन्थीहरुको एकताको विकल्प छैन ।’ एक अर्को प्रशंगमा शेर्पाले भने ‘नेपाली कांग्रेसले असमान सन्धीहरु छिमेकी मुलुकसँग गर्न पुग्यो, भर्खरै कोशी बाँधमा उच्च कोशी बाँध बाध्नका निम्ती हिजो कसैले पनि नगरेको सम्झौता गरेर भारतसँग झुक्न पुग्यो, त्यस्तो कुराको घोर निन्दा र भत्र्सना गर्दै बामपन्थीको दुई तिहाईको सरकार बनाउँनको निम्ती सोलुखुम्बु जिल्लाको सम्पूर्ण जनतालाई अपिल गर्न चाहन्छु ।’

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार  ७ : १२ बजे