१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

मन्त्रिपरिषद् जिम्मेवारी हेरफेर



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् जिम्मेवारी हेरफेर गरी नेकपा माओवादी केन्द्र बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसैगरी प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री थिए ।
त्यस्तै राज्यमन्त्रीमा कुन्ती कुमारी शाही शहरी विकास, भास्कर भद्रा उर्जा, सुशिलकुमार श्रेष्ठ आपूर्ति र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैँले लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार  २ : ५० बजे