२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

टर्कीमा खानी विस्पोटमा परी छ जनाको मृत्यु


सिन्ह्वा

३१ आश्विन २०७४, मंगलबार  

28
Shares

टर्की । टर्कीको दक्षिणी प्रान्त सिरनाकमा भएको खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खानीमा अन्य केही जना फसेका सूचनाका आधारमा खानीमा उद्धारका लागि सुरक्षाकर्मीलाई पठाइसकिएको अङ्कराका सरकारी अधिकारीले जनाएका छन् ।
एक जना घाइते कामदारलाई उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको, अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार  ३ : २१ बजे