ओखलढुंगा । संसदीय राजनितिमा एक छत्र राजगर्दै आएको नेपाली काँग्रेसको गढ भत्काउँदै पहिलो पटक एमालेको उम्मेदवार निर्वाचित भएको इतिहास बनाएका एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार ०७० मंसिर ४ गते भएको संविधान सभा सदस्य निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. १ बाट निर्वाचित हुँदा एमालेका जिल्ला अध्यक्ष थिए ।

संविधान सभा निर्वाचनमा निर्वाचित भएलगत्तै पार्टीको जिम्मेवारीबाट अलगभइ संविधान निर्माणको काममा जुटे । उनले निर्वाचनमा होमिदै संविधान नबनाइ फर्केर नआउने घोषणा गरेका थिए । संविधान सभा सदस्यको भुमिकामा रहेका उनले जिल्लाको विकास निर्माणमा पनि उत्तिकै योगदान गरेका छन् । सांसदका रुपमा उनका मुख्य योगदानलाई समेटेर संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।
पहिलो प्रयास
सांसद निर्वाचित भएलगत्तै उनी मतदाता र कार्यकर्ता भेट्न निर्वाचन क्षेत्र नं. २ को मानेभञ्ज्यांग पुगेका थिए । बजारका स्थानीयले उनलाई भेट्नासाथ सुनासो सुनाइहाले– ‘यहाँविस्थापित बाणिज्य बैंकको शाखाचाहियो, सांसदज्यू ।’ उनले त्यहाँ भनेका थिए– ‘सांसदको रुपमा गर्ने पहिलो प्रयास मेरो यही हुने छ ।’ प्रतिबद्धता जनाएपछि उनले बाणिज्य बैंकका प्रमुखकार्यकारी अधिकृतसँग पटक पटक छलफल गरे । अन्य सांंसदहरु समेत त्यस एजेण्डामा सहमत थिए । बैंकले स्थलगत निरिक्षणपछि हालशाखा नै खोलेको छ । अहिले गाउँपालिका र त्यस क्षेत्रकाभूकम्प पीडितहरुलाई अनुदानका किस्ता लिन र कारोबार गर्न सदरमुकामधाउनु पर्ने बाध्यता छैन ।
दोस्रो कामःखिजीमाप्रशासन
पहिलो प्रयासमा सफलतापाए पछि उत्साहित भएका सुनुवार एमाले उपाध्यक्ष बामदेव गौतम उपप्रधान तथा गृह मन्त्री भएको समयमा दुईवटा महत्वपूर्ण निर्णय गराउन सफल भए । जुन जिल्लाबासीका लागि ऐतिहासिक छन् । पहिलोः पञ्चायतकाल देखी उठेको फाइलउनले सदर गराए, राष्ट्रिय पञ्चायतको सदस्य हुँदा चम्पक सुनुवारले खिजीमा इलाका प्रशासन कार्यालय राख्न प्रयास गरेका थिए । जुन सफल भएको थिएन । उनले संंसद निर्वाचित भएको एक वर्षमै खिजीफलाटेमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सफल भए । अहिले स्थानीयतहको केन्द्रमै कार्यालय संचालनमा छ ।
दोश्रोः गृह मन्त्रालय एमालेकै हुँदा ०७२ बैशाखमा महाभुकम्प गयो र ओखलढुंगा जिल्लाभर तहस तहसको अवस्था आयो । सरकारले अति प्रभावित जिल्ला घोषणा गर्दा ओखलढुंगा गरेन । उनले गृहमन्त्री बामदेव गौतमको निवासदेखी संसदमा समेत ध्यानाकर्षण गराए । पटक पटक सदनमा ओखलढुंगालाई अति प्रभावित जिल्लामा राख्नमाग गरे । भुकम्प पीडितको सवालबुझ्न तत्कालीन राष्ट्रपति ओखलढुंगा आएका थिए । उनले जिल्लाको अवस्था जानकारी गराउन खोज्दा माथिबाटै बुझेको छु भनेर जनप्रतिनिधीको कुरा नसुन्ने भने पछि प्रतिवाद समेत गरे ।
गृह मन्त्रालयमा धर्नै बसरे उनले ओखलढुंगा जिल्लालाई अति प्रभावित १४ जिल्लामा समावेशन गराउन सफलभए । त्यही कारणले पीडित नागरिकले राहतपाए, अनुदान सम्झौता भइ आवाश पुनःनिर्माणको काम धमाधम भइरहेको छ ।
पुलदेखी सडकसम्मः सडक सञ्जालमानिर्वाचन क्षेत्र
त्यति वेला १४ वर्षदेखी सुनकोशीमा निर्माणाधीन पक्कीपुलसँग अनेक रोचक घटनाहरु जोडिएका छन् । पुललको ठेकेदार कृष्ण लामा नेपाली काँग्रेसका नेता, १४ बर्ष काम नगरे पनि ठेक्का नतोडिने तर काम अघि नबढेको समयमै कांग्रेस नेता बलबहादुर केशीले त बलबहादुर राईको शालिक अनावरण कार्यक्रममा सार्वजनिक भाषणमै सुनकोशीमा ‘पुलनबन्ने कुरा क्षेत्र नं. २ का सांसद रामहरि खतिवडाले जान्दछ’ भन्ने टिप्पणाी गरेपछि सांसदको भूमिका माथि प्रश्न उठ्यो ।
जिल्लाबासीको भविश्य जोडिएको पुलबन्ने नबन्ने अन्यौलता तोड्न पटक पटक सडक विभागमा सांसदहरु हर्कबोल राई, पिके राइसहित धर्ना बसे । चौतर्फी दवावका बीचमा पक्की त पुल बन्यो । ठेकेदारले अझै पुलाकाजीप वरपरको काम गरेको छैन । हर्कपुर–ओखलढुंगा–सोलुखुम्बु सडक कालोपत्रे दु्रत गराउनपनिउनले निर्माण कम्पनी र सडक विभागलाई खबरदारी गरे ।
सांसद हुँदा सुनुवारले पहिले आफ्नो निर्वाचन क्षेत्रलाई सडक सञ्जालमा जोड्न बजेट व्यवस्था गरेर निरन्तर अनुगमन गरे । उनकै प्रयासमा पूर्वको सेर्नादेखी पश्चिमको रावादोलुसम्म साविकको उनी निर्वाचित निर्वाचन क्षेत्र नं. १ का सबै गाविसहरुमा सडक पुगेको छ । निर्वाचित भएको एक वर्षमा हालको खिजीदेम्वाका धेरै वडामा सडक ल्याउँछु भनेका सुनुवारले संसदको कार्यकाल भित्र गाडी चढेर उद्घाटन गर्न पुगे । यो उनको एकल प्रयासको उपलब्धी हो ।
सुनुवारकै पहलमा त्यसका अतिरिक्त ओखलढुंगा–रामपुर–रुम्जाटार सडक कालोपत्रेको काम शुरु भएको छ भने रुम्जाटार विमानस्थल कालोपत्रे भइसकेको छ ।
सुनुवारकै एकल प्रयासमा ओखलढुंगादेखी श्रीचौरसम्म सडक पुर्याउनेदेखी अतिदुर्गम भनेर चिनिएको पात्लेमा रिङरोड बन्ने क्रममा छ, जन्तरखानीपात्ले र फलाटे छेर्मादिङ सडकले ।
त्यसका अतिरिक्त दुई निर्वाचन क्षेत्र जोड्ने मोलुङ एकवार सडक घुर्मी हुँदै रामपुर पात्ले सम्मजोडिने गरि धमाधम काम भइरहेको छ ।
एमाले उपमहासचिव विष्णु पौडेल अर्थ मन्त्रीहुँदा सुनुवारकै पहलमालिखु एकवार, मोलुङ एकवार र दुधकोसी एकवार सडककका लागि बजेट विनियोजन गरिएको छ । अहिले ठेक्कालागि सकेको अवस्था छ । त्यस्तै साँघुटार ओखलढुंगा सिलौरीघाट सडक कालोपत्रेका लागि बजेट विनियोजन भइ ठेक्का लागेको छ ।
जिल्लाको सबैभन्दाउच्च स्थान (३५०० मि.) उचाइमा रहेको पर्यटकीय स्थल देम्वामापर्यटकीय महोत्सव आयोजनागरि राष्ट्रपतिले उद्घाटन गराए । यस क्षेत्रमापर्यटकीय पूर्वाधार निर्माणको काम थालनी भएको छ ।

बाँकीकाम
सांसद सुनुवारले आफ्ना कार्यकालमा गरेका योगदान पुुरा गर्न धेरै काम पनि बाँकी छन् । एमाले नेतृत्वको सरकार परिवर्तनपछि ओखलढुंगाका लागि छनौट भएका सडक योजनाका काम अलपत्र अवस्थामा छन् । तीनलाई पुरा गराउन खबरदारी निरन्तर गर्न आवश्यक छ । कार्यकाल सकिएपनि साँघुटार ओखलढुंगा सकड कालोपत्रे, लिखु एकवार सामरिक महत्वका सडकहरुको काम देखाउनका लागि मात्रै भइरहेका छन् । त्यमा योगदान आवश्यक छ । स्थानीय तह कार्यन्वयनमा आए पनि तीनका गुरु योजना छैनन्, जथाावि बजेट खर्च हुने अवस्था छ, त्यसलाई दुरुपयोग हुननदिन योजना निर्माणमा जनप्रतिनिधीहरुलाई योगदानगर्नु पर्ने कामपनि छन् । यीकाम पुरा गर्न योगदान गरेमा निर्विवाद छवि बनाएका सुनुवारको पहिलो सांसदको कार्यकाल स्वर्ण कालहुने छ ।
३ कार्तिक २०७४, शुक्रबार
4.2k
Shares







