राना र श्रेष्ठ सम्मानित

0 Shares

काठमाडौँ, २५ भदौ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलगो बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’ र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान, २०७३ प्रदान गरेको छ ।

पुरस्कारको राशि रु पाँच/पाँच हजार छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले उनीहरुलाई सम्मान गर्दै नेपाली साहित्यको समग्र विकासका लागि मोतीराम भट्टको ठूलो योगदान रहेको बताए । सोही कार्यक्रममा लोकेन्द्र बन्जराको दोस्रो गजलकृति ‘जैतुन’ तथा डा हरिकुमार श्रेष्ठका दुई गजलकृति ‘आँकुरा’ र ‘तरङ्ग’ को विमोचन पनि गरियो ।

कार्यक्रममा विमोचित कृतिमाथि सुरेश सुवेदी र शैलेन्द्र अधिकारीले समीक्षा गर्दै गजलले समग्र विश्व परिवेशलाई उजागर गरेको र देशको वर्तमान विसङ्गत अवस्था र राजनीतिक अस्थिरता तथा भ्रष्टाचारबारे पनि सन्देश दिन खोजेको विचार व्यक्त गरे ।
युवक कवि भट्टको १५१औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा डा विजय सुब्बा, रवि प्राञ्जल लगायतले गजलवाचन गरेका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार