नेपालमा सबैभन्दा बढि लोकतान्त्रिक पार्टी दावी गर्ने नेपाली कांग्रेस हो । आफूलाई प्रजातान्त्रिक मूल्य र मान्यताको हिमायत भनेर वकालत गर्दै आएका छन् कांग्रेसका नेताहरु । उनीहरुले बोलीमा मात्र सुगा रटाई लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी र समाजवाद भएको एक मात्र पार्टी भनेर मिठा मिठा भाषणहरु दिएको दिएै छन् । तर व्यवहारमा भने नेपाली कांग्रेसले भाषणमा भनेको जस्तै अलिकति पनि पाइदैन । त्यसको पुष्टि त नेपाली राजनीतिको विभिन्न कालखण्डमा प्रष्ट भैसेको छ ।

नाताबाद र कृपावादको जरजरबाट निस्किन खोज्दै गर्दा कांग्रेस फेरी व्यापारीकरण तर्फ फसेको छ । लामो समयदेखि पार्टीको लागि रगत, पसीना बगाएका इमान्दार र कर्मठ नेताहरुलाई वेवास्ता गर्दै टिकट पैसामा बाड्न थालेपछि ती इमान्दार र कर्मठ नेताहरु नेपाली कांग्रेसको विद्रोही उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
पछिल्लो समय पद र पैसाको आडमा जे पनि गर्ने राजनीतिक सँस्कारबाट बाहिर निस्किएर लाखौं यूवाहरुको भविष्य कोर्नको लागि ओखलढुंगा प्रदेश ‘ख’ मा नेपाली कांग्रेसको विद्रोही उम्मेदवारको रुपमा ज्ञानेन्द्र रुम्दाली चुनावी मैदानमा उत्रिएका छन् । बाम गठबन्धन, नेपाली कांग्रेस लगायत अन्य पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा भएपनि रुम्दाली आफू विजयी हुनेमा विश्वास्त छन् । आसन्न प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी किन ? भन्ने विषयमा सगरमाथा अनलाईका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेका कुराकानीको मुख्य अंश ।
तपाईको स्तन्त्र उम्मेदवारी किन ?
मेरो स्वतन्त्र उम्मेदवारी अहिले वर्तमानमा परिस्थितिमा राजनीतिक संक्रमण बढ्यो । त्यो भएको हिसाबले पनि अहिले हिजो कम्यूनिष्ट भन्नेहरु बाम गठबन्धनको नाममा एकता भएको स्थिति छ । यता नेपाली कांग्रेसभित्र लोकतन्त्रवादीहरुले पनि वर्चश्व कायम गर्ने नाममा लोकतान्त्रिक गठबन्धन बनेको छ । त्यस्तो परिस्थितिमा रहँदा रहँदै पनि स्वभाविक रुपमा कसैले विद्रोही उम्मेदवार भनेको छ । कसैले स्वतन्त्र उम्मेदवार भनेको छ । तर खास म चाँही नेपाली कांग्रेसभित्रको विद्रोही उम्मेदवार नै हो । आधिकारीक चुनाव चिन्ह प्राप्त हुन नसक्ने भएकाले स्वतन्त्र उम्मेदवार मार्फत मैले आफ्नो उम्मेदवारी दिएको छु । खास मेरो उम्मेदवारी किन ? के को लागि भन्दाखेरी नेपाली कांग्रेसभित्रको बढ्दो चरम दमनको मनपोली ढंगबाट पार्टीलाई अगाडि बढाइएको हिसाबले त्यो विषयलाई चिर्नको लागि पनि मैले आफ्नो उम्मेदवारी दिनु प¥र्यो । र अर्को कुरा के हो भन्दाखेरी हामीले ओखलढुंगा प्रदेश १ क्षेत्र ‘ख’ मा विशेषगरी नेपाली कांग्रेसले उम्मेदवारी दिँदै गर्दाखेरी फरक भूगोलको, फरक क्षेत्रको, जसले आफूलाई समेत मत दिन नपाउँने, अवैधानिक उम्मेदवार बनाएको कारणले पनि हामीले नेपाली कांग्रेसको तर्फबाट मैले आफ्नो स्वतन्त्र उम्मेदवार दिनु बाध्य भएको छ । आज कांग्रेसलाई विशेष गरेर जसले ओखलढुंगा जिल्लाको क्षेत्र नं. २ मा जो कांग्रेस भए बापत अरु पार्टीको, अरु भूगोलमा, अरु पार्टीका साथीहरुले, नेतृत्वले दमन गरेर बस्दाखेरीको अवस्थामा पनि कांग्रेस हुँ भनेर गर्व गर्नेहरुलाई पनि आज स्वाभिमान उम्मेदवार चाहिएको छ । राजनीतिमा लागेकाहरुको संरक्षणको लागि पनि स्वच्छ उम्मेदवार चाहिएको छ । र अर्को कुरा जो राजनीतिक गर्ने एउटा पार्टीमा आबद्धता साथीहरुको लागि, पुस्ताको राजनीति संरक्षणको लागि पनि मैले राजनीतिक अपराध गर्नेहरुलाई विस्थापित गरेर रीस्थायीत्वको लागि र नेपाली कांग्रेस नै भएर कांग्रेस पार्टीभित्रै रहेका साथीहरुलाई उनीहरुको राजनीतिक संरक्षण गर्नको लागि पनि आफ्नो उम्मेदवारी दिएको हो । खास मैले पार्टीभित्र विद्रोह गरेर कमसेकम पार्टीको सर्मथनको लागि, कार्यकर्ताको भावनालाई बचाउनको लागि पनि मैले उम्मेदवारी दिएको हो ।
बाम गठबन्धनका उम्मेदवार, नेपाली कांग्रेसकै पनि छुट्टै उम्मेदवार चुनावी मैदानमा छन्, तपाईको पक्षमा कस्तो माहौल पाउनु भएको छ ?
अहिले एउटा कुरा के भने ओखलढुंगा जिल्लाको परिवेशमा नितान्तै फरक, त्यो पनि ओखलढुंगाको क्षेत्र नं. ‘ख’ मा यस्तो परिणाम आउने कसैले कल्पना समेत नगर्ला, मलाई जहाँसम्म लाग्छ ओखलढुंगा क्षेत्र नं. ‘ख’ मा अहिले माओवादी केन्द्रको उम्मेदवार बनाउनु भएको छ, मोहन खड्काज्यूलाई, त्यसैगरी नेपाली कांग्रेसले प्रदिप सुनुवारलाई बनाउनु भएको छ । हिजोको दिनमा मोहन खड्का पनि लोकप्रिय लिडरको रुपमा हुनुहुन्न । पार्टीमा त्याग, तपस्या होला, तर संगठनको बीचमा रहँदा उहाँले आफूले गरेको कामले उनको लोकप्रियता कति हो भनेर कसैलाई सोध्नु पर्दैन । त्यो भएको हिसाबले यहाँ एमालेको सांगठनिक भोट साँढे ९ हजारभन्दा बढी छ । सांगठानिक भोट यत्ति हुँदाहुँदै पनि अहिले बाम गठबन्धनको नाममा यहाँको एमालेको नेतृत्वलाई विस्थापित गरिएको कारणले, आज सबै साथीहरु जो हिजो द्धन्द्धकालदेखि नै विभिन्न परिस्थितिमा पनि माओवादीको दवदवामा रहेको कारणले, जसले जीवन मरणसम्म भोग्नु प¥र्यो । जसले ओखलढुंगाको विभिन्न परिवेशमा देख्नु भएको छ । त्यसैले पनि उनीहरुको अवशरको लागि पनि अहिले मेरो उम्मेदवारीले अत्यन्तै सहयोग पुग्ने स्थिति देखेको छु । र कांग्रेसभित्रको अन्याय, अत्याचार चिर्नको लागि पनि मेरो उम्मेदवारी अत्यान्तै सान्दर्भिक छ ।

तपाई २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पनि नेपाली कांग्रेसको विद्रोही उम्मेदवार हुन भएको थियो, र अहिले पनि
नेपाली कांग्रेसकै विद्रोही उम्मेदवार हुन भएको छ, ज्ञानेन्द्र रुम्दाली चाँही विद्रोही उम्मेदवार मात्रै हुने भए भन्ने आरोप छ नी ?
कांग्रेसभित्र मौलाएको विकृतिको विरुद्ध मैले जहिले पनि बुलन्द आवाज उठाइरहेकै अवस्था हो । तपाईहरुलाई के थाहा हुनु प¥र्योभन्दा ज्ञानेन्द्र रुम्दालीलाई कांग्रेसले अन्याय ग¥र्यो । कांग्रेसभित्रको नेतृत्वले अन्याय गर्दा कांग्रेसभित्रकै ठूलो आवाज निकाल्ने र ठूलो आवाजबाट विरोध गर्न सक्ने क्षमता राख्ने एउटा सक्षम कार्यकता हो भन्ने कुरा बुझ्न जरुरी छ । ज्ञानेन्द्र रुम्दाली जीवनभरी विद्रोही उम्मेदवार पनि होइन । कांग्रेस हराउने अभियान्ता पनि होइन । तर कांग्रेसभित्र मौलाएको विकृलिाई विगतमा पनि हामीले भन्यौं, जो कांग्रेसभित्र रहेर कांग्रेस भनेर दुवै क्षेत्रमा जसले रगत, पसिना बगायो त्यसको मूल्यको हिसाब नहुँने भएपछि, जुनबेला अप्ठ्यारो पर्छ त्यसबेला चाँही विद्रोह गर्न तयार भएर, त्यसको बुलन्द आवाज उठाउन तयार भएको हिसावले मेरो विद्रोही उम्मेदवार नभै सबै कांग्रेसको पक्षमा वकालत गर्ने एउटा कार्यकर्ताको रुपमा सम्झिनु प¥र्यो । म अर्को कुरा पनि तपाईहरुलाई जानकारी गराउँछु, ज्ञानेन्द्र रुम्दाली विद्रोही उम्मेदवार हुँदै होइन ? ज्ञानेन्द्र कांग्रेसभित्रको एकदमै शसक्त र कांग्रेसभित्रको अप्ठ्याराहरुलाई चिर्नको लागि उम्मेदवार भएको हो । त्यस कारणले म विद्रोही उम्मेदवार नभइकन पार्टीभित्र मौलाउँदै गएको विकृति चिर्नको लागि एउटा शसक्त यूवा हो । धेरै सम्भावना हुँदाहुँदै पनि मलाई के थाहा छ भन्दाखेरी अब कांग्रेसभित्र म पार्टीको सर्वोच्च निकायको महाधिवेशन प्रतिनिधी पनि भैसकेको छु । तरुण दलको अध्यक्ष हुँदा हुँदै पनि मैले किन पद त्यागे । किनभने कांग्रेसभित्रको विकृति चिर्नकै लागि हो । कांग्रेसको स्वाभिमान बचाउनका लागि पनि आफ्नो सम्भावनाका ढोकाहरुलाई बन्द गरेर मैले आफ्नो उम्मेदवारी दिएको छु ।

कांग्रेस सफा अभियानका साथ चुनावी माहौलमा होमिनु भएको छ, नेपाली कांग्रेसका धेरै नेताहरुले साथ दिनु भएको छ, साथ दिने नेताहरुको प्रतिक्रिया के छ ?
कांग्रेसभित्रको विकृति, जो कांग्रेसमा जस्को पुस्ता गल्यो, जो स्वर्गीय बलबहादुर राईको छोरा प्रेमराज राईदेखि लिएर दुर्योधन गीरी । जसको अहिले पनि धेरै सम्भावना छ, मसँगै हुनुहुन्छ उहाँहरु, तत्कालिन पञ्चायतकालमा नेश्नल कलेज (हाल शंकरदेव क्याम्पस) का संस्थापक अध्यक्ष दुर्योधन गीरी मेरो पक्षमा हुनुहुन्छ । उहाँ पनि जीवनमरणलाई बाजी राखेर नेपाली कांग्रेसमा रगत र पसिना बगाउनु भएको सम्मानीत नेताहरु हुनुहुन्छ । अहिले हामी पृथक अभियानमा छौं, ओखलढुंगामा । हो स्वभाविक रुपमा हामी एउटा सामाजिक सञ्जाल फेसबुकमा सफा अभियान भनेर हामी लागेका छौं । सफा अभियान भनेको के हो भने सोचको पनि सफा हुनु प¥र्यो । पार्टीभित्र पनि सफा हुनु प¥र्यो नेताहरु, यहाँ पार्टीको लाइसेन्स लिएर, पार्टीको जीम्मेवार नेता भनेर लाग्ने तर पार्टीभित्र अन्याय गरिराख्नेहरुलाई विस्थापित गर्नको लागि हामीले यो सफाई अभियान चलाएका छौं । जो जो हाम्रो समर्थकहरु हुनुहुन्छ, स्वतन्त्र उम्मेदवारलाई विजयी गराएर, ओखलढुंगाको पहिचानलाई स्थापित गराउन सक्ने यूवा नेता भएकाले व्यापक साथीहरुले समर्थन गर्नु भएको छ । कांग्रेस नेतृत्व सोचको फोहोर र अहिले शेरबहादुरले आफ्नो पद सुरक्षित गर्नलाई, आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न जुन गठबन्धन गरे त्यस्ता सोचहरुलाई पनि चिर्नको लागि, यो भूमिमै केहि गर्नु पर्छ, यो भूगोलमा जसले माटोसँग खेले । त्यो खेल्ने मान्छेहरु जसले रगत, पसिना बगाए । त्यही मान्छेले अवशर पाउनुपर्छ भन्ने भएको हिसाबले पनि अहिले सफाई अभियानमा लागेका छौं । यही सफाई अभियानमा हजारौं साथीहरु हुनुहुन्छ । त्यसैले मैले चुनाव जित्ने निश्चित जस्तै छ ।
तपाईको चुनावी क्षेत्र घुम्दै गर्दाखेरी जनताको माहौल कस्तो पाउनु भयो ?
अहिले जनातको माहौल भनेको हाम्रो पार्टीबाट आधिकारी उम्मेदवार सभापति हुनुहुन्छ, फरक क्षेत्रको हुनुहुन्छ । फरक क्षेत्रको उम्मेदवारलाई दिएको टिकटलाई अहिले फिर्ता गर्ने स्थितिमा हो वा के हो ? उहाँको यो टिकटले अर्थ राखेको देखिदैन । अहिले सबै समुदायमा पुगेर भन्ने गरेका छौं, कांग्रेसभित्र पनि भन्ने गरेका छौं, अरु बामगठबन्धनभित्रको पनि चिरेर भन्ने गरेका छौं, हामीले के भनेका छौं भने यो तपाईलाई सोच्ने बेला हो । राजनीतिक समिक्षा गर्नुस । ज्ञानेन्द्र रुम्दालीलाई नै भोट किन दिने ? अब ज्ञानेन्द्र रुम्दालीलाई भोट दिनु पर्ने परिस्थिति किन बन्यो ? हिजो पाटी पार्टी भनेर हिडेको यूवा नेताले चिन्ह आफ्नो भन्न पाउनु भएको छैन, झण्डा आफ्नो भन्न पाउनु भएको छैन ? भन्ने आम जनतामा सन्देश गएको छ । त्यसैले एउटा माहौल स्वभाविक रुपमा बनेको छ । सबै समुदायका जनताहरु आकर्षित हुन भएको छ । हामीसँग आउँदै गर्दाखेरी हामी छलफल गरेर राजनीतिक समीक्षामा लागेका छौं । र नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अन्तिम पटक भनेका छौं सोच्नुस । उहाँहरु अत्यान्तै उत्साहितका साथ लाग्ने र धेरै साथीहरु पद, प्रतिष्ठासँग जोडेर अप्ठ्यारो मान्नु भएको छ । तर ज्यान अरुसँग, मन हामीसँग राखेर उहाँहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हिड्नु भएको छ ।

तपाईको शुभेच्छुक र समर्थकहरुले त भोट दिइहाल्छन्, ती बाहेक अरु जनताले ज्ञानेन्द्र रुम्दालीलाई किन भोट दिने ?
ओखलढुंगाको क्षेत्र ‘ख’ का तमाम जनताहरुले ज्ञानेन्द्र रुम्दालीलाई किन भोट दिने भन्दाखेरी हामी आशा लाग्दो यूवाहरुको पक्षमा छौं, आशा लाग्दो यूवाहरुको भविष्य निर्माणको पक्षमा छौं । हामी विगतमा कांग्रेस हुँदै गर्दाखेरी र कांग्रेसको संगठन केहि नेतृत्व गर्दाखेरी पनि हामी कांग्रेसको पार्टी मात्र भनेर हिडेनौं । हामी यूवा साथीहरुको भविष्य सुनिश्चित कसरी गर्न सकिन्छ । यूवा साथीहरुको जीवन संमृद्धि कसरी बनाउन सकिन्छ भनेर हामीले यो भूगोलमा बस्दै गर्दा धेरै साथीहरुको जीवन संकल्प गरिरहेका छौं । धेरै वैदेशिक रोजगारमा गएका साथीहरुको परिवारको जीवन हेरेका छौं । उनीहरुलाई यहि रोजगारी कसरी दिन सकिन्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेकाले ज्ञानेन्द्र रुम्दालीलाई भोट मात्रै दिनु पर्छ भन्ने होइन ? मसँग अभियानमा लाग्ने साथीहरुको जीवन र भविष्य निर्माण कसरी गर्न सकिन्छ भन्ने संकल्प गर्ने मान्छे भएको हिसाबले पनि हिजो मैदानमा उत्रिएको र आज पनि त्यही पक्षमा छ, त्यसैले आज पनि यूवा साथीहरुको साथ रहेको छ । हामीले जित्दै गर्दा यूवा साथीहरुको भविष्य त सुनिश्चित कसरी गर्न सकिन्छ ? भन्ने विषयमा पनि ज्ञानेन्द्रले मिहिन ढंगबाट लागेर यूवाको पक्षमा हरेक कुराहरु वकालत गर्छ भन्ने विश्वास लिएका छन् । यूवा साथीहरु के चाहन्छन् भने अवशर मात्रै होइन, यूवाहरुलाई आत्मा विश्वास र आत्मा सम्मान पनि चाहिएको छ । आत्मा सम्मानका साथ काम गर्ने यूवाहरुको नेतृत्व पनि आवश्यक परेको कारणले, आज मात्र होइन भविष्यमा पनि आत्मा सम्मान हुने खालको काम पनि हामी गर्ने भएकाले यही कुरा अपेक्षा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
अन्त्यमा तपाईको सुभचिन्तक, क्षेत्र नं. ‘ख’ का जनताहरुलाई के सन्देश दिनु हुन्छ ?
ओखलढुंगा क्षेत्र नं. ‘ख’ का सम्पूर्ण जनसमुदायहरुलाई म के अपिल गर्दछु भने तपाईहरु अहिले निर्णायक मोडमा हुनुहुन्छ ? तपाईहरुले सोच्नुस, म के आग्रह गर्न चाहन्छु भने तपाई मतपत्र लिएर लाइन बस्दै गर्दा सोच्नुस, यस पटकको मत धेरै अमूल्य छ । तपाईले सोचेर यसपटक मतदान गर्दै गर्दा, मतदानको लाईनमा बस्दै गर्दा १० जना अगाडिकालाई भन्नुस, १० जना पछाडिकालाई भन्नुस, र मन मनै सोच्नुस अहिलेको हाम्रो भोट यूवा र सक्षम उम्मेदवारलाई दिन्छु । प्रादेशिक स्वरुपहरु पनि फरक भैरहेको अवस्थामा यो क्षेत्रको विकासको लागि काम गर्न सक्ने ज्ञानेन्द्र रुम्दाली मात्रै हो भनेर पनि बुझिदिनको लागि यस पटकको अमूल्य मत भ¥र्याङ चिन्हमा लगाएर हाम्रो लडाईलाई साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु ।
२० कार्तिक २०७४, सोमबार
847
Shares







