१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

संगीता बायुङको ‘तिम्ले धोका दिएर नै’ [भिडियो सहित]



काठमाडौं । गीतकार संगीता बायुङ राईको नयाँ गीत ‘तिम्ले धोका दिएर नै’ को म्यूजिक भिडियो युट्युवाट सार्वजनिक भएको छ । सङस नेपालको युट्युब च्यानल मार्फत गीतकार बायुङको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा प्रेमीकाले धोका पाएपछिको वास्तविकतालाई यथार्थ चित्रण गरिएको छ । किशोरावस्थामा प्रेमीबाट धोका पाएपछि प्रेमिकाले सुन्दर जीवनलाई बर्बाद बनाएको आरोप लगाउँदै विलौना गरिएको छ । पछिल्लो समयमा यूवापुस्तामा प्रेमको नाममा मौलाउँदै गएको विकृतिको वास्तविक चित्रण गीतको शब्दहरुमा गरिएको छ ।
गीतकार बायुङको दर्जनबढि गीतहरु सार्वजनिक भैसकेका छन् । सानै उमेरदेखि साहित्यमा रुचि भएका बायुङ विद्यालयमा पढ्दादेखिनै विभिन्न साहित्यिक प्रतियोगीतामा भाग लिने गरेको बताए । पछिल्लो समयमा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट सञ्चालन हुने विभिन्न अनलाईन साइटहरु बढ्ेसँगै गीतकार बायुङले पनि सोही अनुसारको गीतहरु विद्युतिय सञ्चार माध्यमबाट सार्वजनिक गर्दै आएकी हुन् ।
उनको ‘फूल जस्तै लाग्थ्यो माया’ गीति एल्बम सार्वजनिक भैसकेको छ । अहिले उनी दोस्रो एल्बम ‘संगीतालाभ’ को तयारीमा रहेको बताए ।
गीतमा अन्जु पन्तको आवाज रहेको छ । संगीत ओमप्रकाश राईले गरेका छन् । म्यूजिक भिडियोमा विरेन्द्र, सन्तोष, सम्झना र दक्षिणाले दमदार अभिनय गरेका छन् । छायाङकन अमर मगर र सरोज खनालले गरेका छन् । भिडियोको निर्देशन प्रवलद्धिप विस्वासले गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार  ४ : २३ बजे