ओखलढुंगा । ओखलढुंगामा मतदानको सय नजिकिदै गर्दा उम्मेदवाहरुले प्रचार अभियानलाई आक्रामक बनाएका छन् । स्थानीय सञ्चारमाध्यम समेत आचारसंहिता विपरित उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचार गरेको उजुरी नै परेको छ । संघीय प्रतिनिधि सभामा चर्चित युवा नेता, एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार वाम गठबन्धनका उम्मेदवार बनेका छन् भने काँग्रेसका रामहरि खतिवडा चुनावी मैदानमा छन् । दुवैको उम्मेदवारीले ओखलढुंगाले धेरैको ध्यान खिचेको छ । यहाँ प्रदेश सभाका उम्मेदवार समेत छायाँमा परेका छन् ।
काँग्रेसले ओखलढुंगालाई आफ्नो गढ मान्ने गरे पनि सधैं सत्तामा रहे पनि विकासका काम नभएको, अनियमितता बढेका जस्ता विषयले मतदाता ०६४ देखी कम्युनिष्ट प्रति आर्कषित हुन थालेका छन् । यसले विगतका निर्वाचनमा पनि काँग्रेसले आफ्नो साख सम्म जोगाउन बल्ल तल्ल सफल भएको छ ।
यस्ता छन्, यज्ञराजले जित्ने पाँच आधार
विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा स्थापित भएर ०७० को निर्वाचनमा ओखलढुंगामा एमालेले पहिलो पटक जितेको इतिहास बनाएका नेता यज्ञराज सुनुवारले आफ्नो निर्वाचन क्षेत्रमा सडक सञ्जालले मात्रै जोडेनन्, इलाका प्रशासन कार्यालय स्थापना, दुई जिल्ला र निर्वाचन क्षेत्र जोड्ने दुरगामी महत्वका सडक योजना भित्र्याएर चर्चामा रहे । अहिले ती नै सुनुवारसँग २० वर्ष सम्मं मन्त्रीको पीए भएर विवादमा फस्दै सत्ता र शक्तिको आडमा राजनीतिमा उदाएका रामहरि खतिवडा चुनावी मैदानमा आएपछि ओखलढुंगा चर्चामा रह्यो ।
१. निष्कलंक छवि
संविधान निर्माण गर्ने मुख्य जिम्मेवारीमा निर्वाचित भएपनि सुनुवारले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा सडक पुर्याए । कुनै विवादमा मुछिएनन् र मतदातासँग सधैं सम्पर्कमा रहि रहे । जितेपछि सिंहदरवार हैन म गाउँमै भेटिन्छु भनेर प्रतिबद्धता जनाएका उनी महिनामा पाँच पटक सम्म जिल्लाका कार्यक्रम र विकासका काममा आएर सहभागिता जनाए । मतदातामा केही गर्छ भन्ने आशा जगाए यही कारण उनी जवरजस्त उम्मेदवार बने ।
२. घडी, हस्ताक्षर चोरी र हेलिकोप्टर काण्डमा फसेका प्रतिस्पर्धी


उनका प्रतिस्पर्धी रामहरि खतिवडा सांसद भए पछि पनि विवादास्पद काम गरेरै चर्चामा आए । कहिले होटल र्याडिसनको रोलेक्स घडि चोरिएको काण्डमा मुछिए त कहिले भुकम्प पीडितलाई राहत वितरण गर्न लगिएरको शिविरमा जान पीडितबाटै एक हजारका दरले असुलिएको पैसामा आफ्ना पार्टीका नेतासहित हेलिकोप्टर चढेर विवादास्पद बने ।
अहिले पनि उनी शिविर मैले लगेर अनुदान बाँडेको भन्ने गर्छन् । तर, पीडितको एक हजार गाँस काटिएको विषय निकै पेचिलो छ ।
उनी मन्त्रीको पिए बन्दा सहि किर्ते गरेको र रातो पासर्पोट दुरुपयोग गरेको अभियोगमा जेल सजाय भोगेका व्यक्ति पनि हुन् ।
३. काँग्रेसका उम्मेदवारले नै हार्ने निचोड सुनाए
साविक यज्ञराज सुनुवारले जितेको क्षेत्र, अहिले प्रदेश सभा क्षेत्र क का काँग्रेस उम्मेदवार मित्रसेन दाहालले चुनावी अभियान नसकिदै चुनाव हार्ने निचोड सुनाएका छन् । आफु निकटका सञ्चारकर्मीहरुसँग उनले यस्तो हुने थियो भने चुनाव नै नलड्ने थिए भन्न थालेका छन् । एक रेडियो अन्र्तर्वातामा अफ दि रेकर्ड भन्दै उनले ‘यस्तो अवस्था आउने थाहा भएको भए टिकटै नलिने थिएँ’ भनेका थिए । अनौपचारिक गफमा उनी चुनाव जितिदैन भन्ने निचोडमा पुगेका छन् । यज्ञराजको प्रभाव र वाम गठबन्धनका उम्मेदवार अम्बीरबाबु गुरुङको क्रेजका अगाडी दाहाल फिक्का सावित भएका छन् । साविक क्षेत्र १ हाल क्षेत्र क मा वाम गठबन्धनका उम्मेदवारले ६ हजार मतले अग्रता लिने विष्लेषण छ ।
यहाँ रहेका चार स्थानीय तहमध्ये एक तहमा काँग्रेले जितेको भए पनि यज्ञराजको व्यक्तिगत प्रभावले काँग्रेसले जितेको खिजीदेम्वा गाउँपालिकाबाटै उनले एक हजार हाराहारीमा अग्रता लिने गठबन्धनले तथ्यांक निकालेको छ । यसलाई आधार मान्दा आफ्नो क्षेत्रबाट यज्ञराजले प्रतिस्पर्धीभन्दा ६ हजार बढी मत ल्याउने आंकलन छ । निर्वाचन क्षेत्र ख मा प्रतिस्पर्धा भए पनि सुनुवार पाँच हजार बढी मतले अगाडी हुने प्रारम्भिक अनुमान छ ।
४. गठबन्धन ७ हजार मतले अगाडी !
यज्ञराज सुनुवार व्यक्तिगत प्रभावले नै काँग्रेसको गढमा धावा बोलेका व्यक्ति भएकाले उनी जित्ने विश्वाशमा थिए । तर अहिले वाम गठबन्धन बनेपछि एमाले र माओवादीको स्थानीय तहको मत नै काँग्रेसको भन्दा सात हजार बढी मत रहेको छ । गठबन्धनमा असन्तुष्टहरुले दायाँबाया गर्दा २ हजार तलमाथि भए पनि पाँच हजारले निर्वाचन जितिने गठबन्धनको गोप्य हिसाव किताब रहेको एक नेताले बताए ।
स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १३६ मत छ । त्यस्तै एमालेको २३ हजार ८३५ मत छ । माओवादीले ९ हजार ६८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५३१ हुन्छ ।जिल्लाका ८ स्थानीय तहमध्ये कांग्रेसले चार वटा गाउँपालिका जितेको थियो भने एमालेले सिद्धिचरण नगरपालिका सहित ३ स्थानीय तह जितेको छ । माओवादीले एउटा गाउँपालिकाको प्रमुख जितेको थियो ।
वाम गठबन्धन बनेपछि काँग्रेसभन्दा गठबन्धनका उम्मेदवारको मत ७ हजार ३ सय ९५ बढी देखिन्छ । यसले गढमै नेपाली काँग्रेसलाई रेड जोनमा हुत्याइ दिएको छ ।
५. विद्रोहीको सफा अभियान
टिकट वितरणमा विवाद भएपछि रामहरिका क्षेत्रका प्रभावशाली नेताहरु विद्रोही उम्मेदवार उठाएर सफा अभियानमा लागेका छन् । काँग्रेसमा फोहोर भएको भन्दै उनीहरुले सफा अभियानमा लागेको बताएका छन् । तरुण दलका जिल्ला अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले भर्याङ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी प्रदेश ख मा दिएर आक्रामक प्रचारमा लागेका छन् । रामजी बास्तोला, कमल तामाङ, निर्वाचित वडा अध्यक्ष भीम मगर, चक्र राई, पुष्प राई लगायतका स्थानीय तहका प्रभावहाली युवा नेताहरुले विद्रोह गरेपछि काँग्रेसका आधिकारिक उम्मेदवारले चुनाव हार्ने अवस्थामा पुगेका छन् ।
२९ कार्तिक २०७४, बुधबार
623
Shares







