काजकिस्तान । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ ।
यात्रामा गुडिरहेको सो बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ ।
बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ ।
५ व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु भएपछि सो संख्य ५५ पुगेको बताइएको छ । मन्त्रालयले यस लागलागीको कारण भने खुलाएको छैन । प्रहरीले बिहीबार साँझ सम्ममा मात्र उक्त दुर्घटनाको विस्तृत विवरण दिइने जानकारी दिएको छ ।
४ माघ २०७४, बिहिबार
35
Shares







