काठमाडौं । अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष शैलेश लामाले हरेक फुटबल खेलाडीले फुटबलमै आफ्नो भविष्य देख्नु पर्ने बताएका छन् । फणिन्द्र स्मृति जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय फुटवल प्रतियोगीताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष लामाले सुन्दर जीवन, समृद्धि नेपालको नक्सा फुटबल खेलमै देख्नु पर्ने बताएका हुन् ।

‘प्रत्येक युवाले जंगलमा झार होइन पैसा देख्न सक्नु पर्छ, खोलामा पानी होइन जीवन देख्नु पर्छ’ उपाध्यक्ष लामाले भने – ‘ढुंगा, माटो सबैलाई सुखी जीवनको लागि अधिकतम उपयोग गर्न सक्ने सक्षम युवा बन्नु पर्छ ।’ पुरस्कार वितरण कार्यक्रममा मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडाको विशेष आतिथ्यता रहेको थियो ।

फणिन्द्र स्मृति जिल्ला स्तरीय अन्तर मावि फुटबलको उपाधि सुकुना माविले हात पारेको छ । त्यस्तै सार्वजनिक मावि भने उपविजेतामा चित्त बुझाउनु परेको थियो । विजेताले २१ हजार नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले ११ हजार नगदको साथमा प्रमाणपत्र, ट्रफि, मेडल पाएको छ । प्रतियोगीतमा १२ माविको सहभागिता थियो । अनेरास्ववियू सार्वजनिक मावि कमिटिले फुटबल खेलको आयोजना गरेको थियो ।

८ माघ २०७४, सोमबार
742
Shares







