२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नाइजेरियामा भएको हिंसामा १५ जनाको मृत्यु


सिन्ह्वा

२० फाल्गुन २०७४, आइतबार  

77
Shares

अबुजा । नाइजेरियाको उत्तरपूर्वी सहर माम्बीलामा भएको हिंसात्मक घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
स्थानीय बासिन्दा र प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् ।

फाईल तस्वीर
किसान र गाई गोठालाकाबीच विवाद भएपछि गत बिहीबार माम्बीलामा हिंसात्मक घटना भएको स्थानीय प्रहरीले बताएको छ ।
आक्रमणका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता डेभिड मिसालले शनिबार जानकारी दिए ।
उनीहरुको आन्तरिक झगडाले उग्र रुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाई छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् ।
शान्ति सुरक्षा कायम गर्न तथा सो झडपको क्रम पुनः नदोहोरियोस् भनेर घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मिसालले बताउनु भयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार  ६ : ५७ बजे