२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

काठमाडौं विश्वकै २३ औं गन्तव्य


पत्रपत्रिका

११ चैत्र २०७४, आइतबार  

210
Shares

काठमाडौं । पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ ले यो वर्षका लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ ।

नागरिक दैनिकका अनुसार त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ ।
विश्वको उत्कृष्ट गन्तव्यमध्ये इन्डोनेसियाको बाली सहर परेको छ । दोस्रोमा बेलायतको लन्डन सहर छ । काठमाडौंले फ्रेन्च पोलिनेसियामा रहेको बोराबोरा आइसल्यान्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  २ : ४९ बजे