५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

मिडियाले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ : अध्यक्ष तिमल्सीना


बुद्धवीर बाहिङ

१८ चैत्र २०७४, आइतबार  

112
Shares

काठमाडौं । नेपालमा संविधान कार्यान्वयनको तहमा पुगेकाले मिडियाले सकारात्मक भूमिका निर्भाह गर्नुपर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेष तिमल्सीनाले बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रमकामा अध्यक्ष तिमल्सीनाले तिनै तहको निर्वाचनबाट जनप्रतिनिधी निर्वाचित भैसकेपछि संविधानको कार्यान्वयमा जुटेको बताएका हुन् ।

‘हामी सबैको ध्यान आर्थिक समृद्धिको दिशामा देशलाई अगाडि बढाउनुको विकल्प छैन,’ अध्यक्ष तिमल्सीनाले भने, ‘भ्रष्टाचारलाई नियन्त्रण मात्र होइन, निर्मूल पार्नु पर्छ ।’
तिमल्सीनाले ‘हाम्रो मानसिकतामा भएको भ्रष्टाचारलाई आजैदेखि हटाउनुस, अनि मात्र हामीले खोजेको समृद्ध र शुखी नेपाल बन्न सक्छ’ भने ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  ४ : १५ बजे