२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

शेर्पा संघ बेलायतको बोनम्यारो पिडित मिङमाडोमालाई १ लाख आर्थिक सहयोग


बुद्धवीर बाहिङ

२७ चैत्र २०७४, मंगलबार  

441
Shares

काठमाडौं । शेर्पा संघ बेलायतले बोनम्यारो पिडित मिङमाडोमा शेर्पालाई आर्थिक सहयोग गरेको छ । शेर्पा संघको आकस्मिक कोषबाट बोनम्यारो पिडित शेर्पालाई एक लाख रुपीयाँ आर्थिक सहयोग गरेका हुन् ।

शेर्पा किदुक साइप्रसका सदस्य समेत रहेका बिरामी शेर्पाको जर्मनीमा उपचार गर्नु पर्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएको शेर्पा किदुक साइप्रसको अध्यक्ष नुमु शेर्पाले बताए । बिरामी शेर्पाको अहिले जर्मनीमा उपचार भैरहेको छ ।
विदेशी भूमीमा काम गर्ने नेपालीहरुको लागि शेर्पा संघ बेलायतले आकस्मिक कोषको स्थापना गरेको थियो । जुनसुकै बेला आकस्मिक रुपमा कसैलाई आर्थिक सहयोग गर्नु पर्ने बाध्यात्मक परिस्थितिको सहज रुपमा सामना गर्न यस्तो कोषको स्थापना गरिएको शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाले बताए ।
शेर्पा किदुक साइप्रसका अध्यक्ष नुमु शेर्पाले विश्वभरी छरिएर बसेका शेर्पाहरुलाई बोनम्यारो पिडित बिरामी मिङमारडोमालाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । अध्यक्ष शेर्पाको अपिलसँगै विश्वको विभिन्न देशबाट बिरामीलाई आर्थिक सहयोग आइरहेको विज्ञप्ती मार्फत जनाइएकोे छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  ४ : ३७ बजे