६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

साइप्रसबाट बोनम्यारो पिडित मिङमाडोमा शेर्पाको गुहार ‘म बाँच्न चाहान्छु’ [भिडियो सहित]


बुद्धवीर बाहिङ

२७ चैत्र २०७४, मंगलबार  

672
Shares

काठमाडौं । विदेशी भूमी साइप्रसमा रोजगारीको शिलशिलामा पुगेकी मिङमाडोमा शेर्पा बोनम्यारो रोगबाट पिडित भएपछि आर्थिक सहयोगको लागि गुहार मागेकी छन् । दोलखा जिल्ला साविकको हामा गाविस वडा नं. ६ स्थायी घर भई हाल साइप्रसमा काम गर्दै आएकी शेर्पालाई बोनम्यारो रोगले समातेपछि आर्थिक सहयोगको लागि गुहार मागेकी हुन् ।

पिडित शेर्पाले आफ्नो फेसबुक मार्फत भिडियो अपलोड गर्दै आर्थिक सहयोगको अपिल गरेका छन् । शेर्पा दुई वर्षअघि रोजगारीको शिलशिलामा साइप्रस पुगेका थिए ।
https://youtu.be/TSlaAWKe-8Q
साइप्रसको राजधानी निकोसीया शहरको एक साधारण अस्पतालमा उनको उपचार भैरहेपनि थप उपचारको लागि जर्मनी लैजानु पर्ने भएकाले आर्थिक सहयोगको अपिल गरिएको हो । उनको तत्कालै बोनम्यारो प्रत्यारोपण गर्न उपचारमा संलग्न डाक्टरहरुले सुझाएपछि थप रकमको आवश्यकता भएकाले शेर्पा सम्बद्ध संघसँस्थाहरुले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
समयमै राम्रो उपचार र बोनम्यारो प्रत्यारोपण भएमा बिरामी पहिलेकै अवस्थामा आउने डाक्टरहरुले सुझाएका छन् । बिरामी शेर्पालाई विभिन्न देशबाट आर्थिक सहयोग प्राप्त भैरहेको पनि शेर्पा सम्बद्ध सँस्थाहरुको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  ५ : ५२ बजे