२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथा अारोही पहिलो शेर्पा महिला पत्रकार डोमालाई काठमाडौंमा भव्य स्वागत [भिडियो सहित]


बुद्धवीर बाहिङ

१२ जेष्ठ २०७५, शनिबार  

3.9k
Shares

काठमाडौं । शेर्पा समुदायबाट महिला पत्रकारको रुपमा पत्रकार डोमा शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला पत्रकार बनेकी छन् । मे २२ तारिखमा विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा सफल रुपमा आरोहण गरेका शेर्पालाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

पत्रकार शेर्पाले सगरमाथाको सफल आरोहण गरेको खुशीयालीमा उनको घरपरिवार, आफन्त र शुभचिन्तकहरु विमानस्थसम्मै पुगेर स्वागत गरेका थिए । उनलाई ट्रिपरमा राखेर बौद्ध नयाँवस्तीसम्म शेर्पा गीत बजाएर लगिएको थियो ।

शेर्पा सञ्चार समूहको पूर्व अध्यक्ष तथा ईन्डीजिनियस टेलिभिजनका ‘हिमाली आवाज’ कार्यक्रमका सञ्चालिका शेर्पाले ‘आवाज विहीनहरुको आवाज’ भन्ने मूल नाराका साथ सगरमाथा आरोहण गरेकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/2v4-u7WQHUo
शेर्पाले पायोनीयर एडभेञ्चर प्रालिबाट सगरमाथा आरोहण गरेकी हुन् । उनलाई छाङपा शेर्पाले आरोहणमा सगरमाथाको शिखरसम्म सहयोग गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार  ३ : ४३ बजे