काठमाडौं । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

कान्तिपुरले बिचल्लीमा पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रलाई उद्धृत गर्दै काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएर मानव तस्करको समूहले उनीहरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेको लेखेको छ ।
उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ । ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा निवेदन दिएपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार प्रहरीले प्रक्राउ गरिएको थाहा पाएको छु,’ रवीन्द्रले कान्तिपुरसँग भनेका छन् ।
विदेश उडेका सबैलाई काठमाडौंबाट दिल्ली हुँदै बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो ।
२६ जेष्ठ २०७५, शनिबार
126
Shares







