२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत


एएफपी

१३ असार २०७५, बुधबार  

112
Shares

मस्को । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन् ।

उनीहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ ।
“तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने छौँ,” रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ५ : ४६ बजे