नेपाली यूवाहरुले राष्ट्रियताको बारेमा सोच्ने बेला आएको छ:जन्मजय तिमल्सीना

0 Shares

विक्रम संवत २०२९ साल फागुन २१ गते बर्दिया जिल्लाको पशुपतिनगर गाविसको वडा नं. २ सुखार गाउँमा जन्मिएका जन्मजय तिमल्सीना तरुणदलको उम्दा नेता हुन् । उनको नाम नेपालका तरुण यूवाहरुको माझमा परिचित छ । तिमल्सीना तरुणहरुको लागि नेतृत्व गर्न सक्ने यूवाको रुपमा दरिलो खम्बा भएर उभिएका छन् । वि.सं. २०४४ सालदेखिनै नेपाल विद्यार्थी संघबाट नेपाली राजनीतिमा होमिएका तिमल्सीनाले लामो समयसम्म नेविसंघमा सक्रिय राजनिती गरे । तिमल्सीनाले एक दशकभन्दा बढी समय तरुणदलको केन्द्रीय समितिमा सदस्य, सचिव तथा कार्यबाहक अध्यक्ष समेत भएर काम गरे । लामो समयसम्म तरुणदलको अधिवेशन नहुँदा पार्टीपंक्ति र समग्र तरुण यूवाहरुले कस्तो समस्या भोग्नु प¥यो ? अनि पछिल्लो समयमा तरुण यूवाहरुको नेपाली राजनितीमा कस्तो भूमिका रह्यो भन्ने विषयमा सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।

लामो समयसम्म तरुणदलको अधिवेशन नहुँदा तरुण नेताहरुलाई कस्तो समस्या भयो ?

लामो समयसम्म तरुणदलको अधिवेशन नहुँदा तरुण नेताहरुलाई मात्र होइन पार्टीलाई समेत धेरै समस्या भयो । यसको जलन्त उदाहरण हो वि.सं. २०६४ सालको संविधान सभाको निर्वाचनको परिणाम । अहिले पार्टीमा भन्दा युवाहरु विस्तारै पलायन हुँदै गइरहेका छन् । आफ्नो सुरक्षा खोजिरहेका छन् । त्यो बारेमा पार्टीले अनुभूति गर्ने कुरा हो । तर तरुण युवाहरुलाई चाँही के अनुभूति भएको छ भने दक्ष जनशक्ति चाँही दिनप्रतिदिन पलायन भैरहेका छन् । तरुणदलमा आकर्षण नभएको होइन, तर हामी अलिकति मोरल डाउण्ड कहाँनेर भयौं भने तरुणदलको अधिवेशन हामी गर्दैछौं र तपाईहरु आउनुस भनेर हामीले आव्हान पनि गरिरहेका छौं, साथीहरु आइरहेको पनि अवस्था छ । तर कहि कतै के भन्नु हुन्छ भने तपाइ आपैm त संरक्षित हुन सक्नु भएको छैन, अनि हाम्रो भविष्य कसरी सुरक्षित गर्न सक्नु हुन्छ ? भन्ने हामीलाई प्रश्न गर्न थाल्नु भएको छ तरुण यूवाहरुले । त्यहाँनेर हामीलाई अलिकति कतै न कतै चाँही पिडा भएको अनुभूति भएको छ । पार्टीको निर्देशनमा हिड्नु पर्छ तर विधि र विधान, अधिवेशन गर्ने प्रक्रिया यूवाकै जिम्मेवारीमा अर्थात विद्यार्थीकै जिम्मेवारीमा, महिलाकै जिम्मेवारीमा, भातृ संगठनलाई नै वैधानिक रुपमा त्यसको पूर्ण जिम्मेवारी दिनु पर्छ भन्ने मलाई लाग्छ । हामीले एक ताका द्धन्द्धकालमा पीडा भोग्यौं, सांगठनिक संरचना पनि जुन किसिमले स्प्रीरिट बढाउनु पर्ने थियो त्यो पनि गर्न सकेनौं । हामीले आत्माले चाहेको कुरा संगठनलाई हाम्रो विचार दिन सक्छौं । हाम्रो विचार संरक्षण गर्न सक्छौं । हामीले युवालाई सोचमा परिवर्तन गर्न सक्छौं । भन्ने जुन किसिमको हाम्रो सोच छ । त्यो पनि हामीले कार्यन्वयन गर्न सकेनौं ।

तपाईहरु अहिले तरुणदलको अधिवेशनको संघारमा हुनुहुन्छ, तरुणदललाई नेतृत्व गर्नको लागि धेरै आकांक्षीहरु हुनुहुन्छ, तपाईको पनि नेतृत्व पंक्तिको लागि नाम चर्चामा छ, तरुणदलको नेतृत्व गर्नको लागि तयारी थाल्नु भएको हो ?

म तरुणदलमा लामो समय काम गरे । तरुणदलका अध्यक्ष आदरणीय बालकृष्ण खाडको नेतृत्वमा पनि मैले काम गरे । त्यसपछि महेन्द्र यादवको नेतृत्वमा पनि काम गरे । वहाँहरु पार्टीमा प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ । अहिले विदेशमा अध्ययन गरेको एकदमै अत्यन्तै शालीन र सभ्य घरपरिवारको नागरिक जसले युवाको नेतृत्व गरिरहनु भएको छ, उदयसंशेर राणा । वहाँको नेतृत्वमा पनि काम गर्ने अवसर पाए मैले ।Janmajaya-Timalsina.-Photo. मैले तरुणदलमा विचार राख्दा कसैले विरोध गरेनन्, सबैले समर्थन गरे । किनभने मेरो राजनैतिक यात्रा ग्रासरुट लेभलबाट शुरु गरेको हो । बर्दियाको ७३ प्रतिशत चौधरी बसोबास भएको ठाउँमा मैले राजनीति गरे । त्यही जन्मेको एउटा नागरिकको छोरा भएको कारणले मैले जहिले पनि तल्लो वर्गको उत्थान गर्नु पर्छ, तल्लो वर्गलाई नेपाली कांग्रेसमा उत्साहित ग¥यो भने मात्रै नेपालमा कांग्रेस र महामानव विपी कोइरालाको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले मैले काम गरे । मलाई अगाडि बढाउने प्रयासमा धेरै प्रमोट गर्नु भएको छ, त्यो मैले स्वीकार्नु पर्छ । मैले तरुणदलमा सचिव भएर पनि लामो समय काम गरे । पटक पटक कार्यबाहक अध्यक्ष भएर पनि काम गरे । अहिले हाम्रो प्लेन कमिटि छ । उदयसंशेर राणा अध्यक्ष अरु सबै हामी ४४ जना केन्द्रीय सदस्यमा छौं । यो कार्यसमितिमा म वर्यताको क्रममा तेस्रो नंबरको नेता हो । त्यसैले लगभल १२ वर्षसम्म तरुणदलको केन्द्रीय कार्यसमितिको काम गरे । तरुणदलको जिल्लामा काम गरे । अञ्चल उपसंयोज, संयोजक भएर काम गरे । २०५४ सालदेखि अहिलेसम्म निरन्तर रुपमा तरुणदलमा काम गरिरहेको छु भने मेरो पहिलो दावी चाँही मैले पाउनु पर्छ भन्ने हो । तर मैले अहिले दावी गरेको अवस्था छैन । किनकी म ५१ जिल्लाको अधिवेशनको क्रममा घुमे । ७५ वटै जिल्ला घुमिसकेको छु । साथीभाईको ठूलो उत्साह र हौसला मेरो पक्षमा छ । साथीभाईसँग सरसल्लाह गर्छु, र पार्टीको पनि राय लिन्छु । पार्टीले मलाई कसरी सम्बोधन गर्छ । त्यो हेर्छु । विशेष गरेर यूवाको भावनाहरु म प्रति आकर्षण छ । त्यसलाई पार्टीले सम्मान गर्छ भन्ने मैले आशा पनि लिएको छु ।

पार्टीले विश्वास गरेर तरुणदलको नेतृत्वको लागि उम्मेदवार बनायो भने तरुणदललाई अझ मजबुत बनाउन के गर्नु हुन्छ ?

म धेरै लामो विषय भन्दिन । बोल्नेमा धेरै भरोसा गर्ने मान्छे होइन । म त्यो प्रखर वक्ता पनि होइन । मैले तपाईलाई भने म बर्दियाको साधारण किसानको छोरा हुँ । आज म तरुणदलमा भएको कारणले तपाईको बीचमा यसरी उभिएर बोल्ने साहस गरे । म गर्व गर्छु, त्यो एउटा साधारण नागरिकको छोरो यो स्थानमा केहि न केहि नगरी त यहाँ आइपुगेको होइन । तर ७५ जिल्लामा जन्मजय तिमल्सीना भन्नुस, कसैले खराब भन्दैनन् होला, राम्रो मान्छे, मेहनती मान्छे, काम गर्छ भन्छन् । कमजोर वर्गलाई माथि उठाउने काम गर्छ । यदि हामीले नेपालमा कमजोर वर्गलाई उठाउन सकेनौं । जसले हातमुख जोड्न सकेका छैनन् । जो दिनप्रतिदिन दक्ष जनशक्ति पलायन भैरहेको छ, त्यसका लागि राज्यलाई घचघच्याउने र संविधानमा केहि व्यवस्था यूवाको बारेमा गरेकाछौं, त्यसलाई कार्यन्वयन गर्न सकिरहेका छैनौं, त्यसको बारेमा के कुरा गर्ने । नेपाललाई डो¥याउनको लागि यूवाको यहाँ खाँचो छ । संवृद्धिशाली नेपाल बनाउनको लागि पनि यूवाको खाँचो छ । ती यूवाहरुलाई परिचालित कसरी गर्ने त ? त्यतातिर केन्द्रीत गराउने चाँही मेरो धेय छ । त्यसैले म त्यतातिर केन्द्रीत गराउन सम्पूर्ण नेपालका तरुण युवाहरुलाई एकिकृत गर्नेछु । त्यो जमात भिडको मात्र होइन, एउटा प्रशिक्षित र एउटा संगठन एवं नेपाललाई चित्रित गर्न सक्ने क्षमता भएको यूवाको भिड हुनेछ । त्यसले चाँही कहि भिड होइन विचारले संरक्षित भएर नेपाललाई हामीले परिकल्पना गरेर अगाडि बढाउने छौं । त्यो परिकल्पना महामानव विपी कोइरालाले वि.सं. २०१० सालमा तरुणदलको स्थापना हुँदा तरुणदल भनेको यो उद्देश्य लिएर स्थापना गरेको हो की तरुणदल भनेको समाजको अरु वर्गभन्दा फरक दर्शन भएको, हिडाई फरक, डुलाई फरक भएको र समाजलाई परिवर्तन गर्ने अथवा रुपान्तरित गर्ने एवं समाजलाई सम्मान गर्ने विषयमा पनि अरुभन्दा फरक अलि स्वाभिमानी, वैचारिक रुपमा पनि खण्डन गर्न सक्ने समाजका लागि सकारात्मक सोच, नयाँ भिजन र प्रतिबद्धता भएको एउटा नैतिवान यूवा र आपूmलाई साहसिक आपैmले गरेको कामलाई मैले ठीक गरे र बेठिक गरे भन्ने निर्णय गर्न सक्ने क्षमता भएको यूवालाई चाँही मैले अगाडि बढाउन खोज्नका लागि तरुणदल स्थापित गरेको हो भनेर महामानव विपी कोइरालाको त्यो दर्शनलाई पनि हामीले अवलम्बन गर्नु पर्ने बेला आएको छ । किनभने नेपाल धेरै पछाडि धकेलिसक्यो । नेपालका हरेक आन्दोलनले, मधेस आन्दोलन, माओवादी आन्दोलन र तानाशाह आन्दोलन तथा राणादेखि अहिलेसम्मको निरन्तर आन्दोलनले चाँही नेपाल धेरै पछाडि धकेलिसक्यो । अब हामी आन्दोलन गर्ने होइन । अब नेपाललाई व्यवस्थित गर्ने कुरामा यूवाको भूमिका चाहियो । व्यवस्थित हुनका लागि संवृद्धिशाली नेपाल चाहियो । संवृद्धिशाली नेपाल बनाउनका लागि कस्तो किसिमको परिकल्पना गर्ने त ? के गर्दा राज्यलाई बल पुग्छ भन्ने कुरा थाहा पाएपछि पहिले त हामी प्रतिबद्ध हुनु प¥यो ? हामी काम गर्न तयार छौं की छैनौं ? मानसिक रुपमा प्रतिबद्ध हुनु प¥यो ? त्यस्तो सोच भएको यूवालाई चाँही तयार गर्ने छौं र सांगठनिक रुपमा पनि एउटा लोकतान्त्रिक चरित्र भएको र वैचारिक रुपमा दरो यूवाहरुलाई हामी तयार गरेर अगाडि बढ्ने छौं भन्ने म तपाईको सञ्चार माध्ययम मार्पmत आग्रह गर्न चाहन्छु । मैले तपाईलाई फेरी कोट्याएर भने तल्लो वर्गको लागि मजदुरको छोरा, गिट्टी फोड्नेको छोरा, सुकुम्बासीको छोरा, दलितको छोरा, जनजातिको छोरा, मधेसीको छोरा, समग्र नेपालीको तल्लो वर्गका छोराछोरीहरुलाई हामीले अगाडि बढायौं भने मात्रै संवृद्धिशाली नेपाल हुन सक्छ । महलमा बस्ने, गाडि चढ्ने र फाइभ स्टारमा खाना खाने मात्रै यूवाको परिभाषा हो भने नेपाल फेरी अझ धेरै पछाडि धकेलिन्छ । तर तीनिहरुको पनि आवश्यकता छ । तथापि कमजोर वर्गलाई पनि त्यो तुलनामा मात्र पु¥याउन सकियो भने अनि संवृद्धिशाली नेपाल हुन्छ । हामी त्यो पक्षमा हुनेछौं ।

दैनिक रुपमा नेपालबाट यूवाहरु विदेशिने क्रम बढिरहेको छ, यसलाई रोक्नको लागि तरुणदलको नेता भएकाले तपाईको पहल के हुन्छ ?

नयाँ संविधानमा यूवाको लागि व्यवस्था गरिएको छ । त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन । मैले अघि नै पनि भने । हामीले यूवा स्वरोजगार भनेका छौं, एउटा यो एनजीओको रुपमा गएको छ, यसलाई सही रुपमा राज्यले व्यवस्थापन गर्न सकेको छैन । अर्को हामीले २०६६ सालमा यूवा परिषद भन्ने घोषणा ग¥यौं, त्यो नेपाल तरुणदलको तत्कालिन अध्यक्ष महेन्द्र यादव र अहिलेको अध्यक्ष उदयसंशेर राणाको पहलमा त्यो भएको हो । जुनबेला थुप्रै यूवा संगठन, तरुणदल, युथफोर्स र वाइसियल सबै लागेर हामीले संरक्षण ग¥यौं । तर अहिले त्यो यूवा परिषदलाई एउटा क्लबको रुपमा लिइयो । त्यसैले सोचमा परिवर्तन आएन की ? कुनै पनि पार्टीले आफ्नो यूवाहरुको भावना नबुझेर क्लबको रुपमा यसलाई परिचालन गरियो । देशभरिको युवाको भावना बुझ्ने युवा परिषद हो । तर त्यसलाई पनि हामीले व्यवस्थित गर्न सकेका छैनौं । यस्ता किसिमका सञ्जालहरुलाई हामीले व्यवस्थित गर्दै, यूवाको भावना र दक्ष यूवालाई रोक्नको लागि यूवा परिषदबाट विभिन्न किसिमका सीपमूलक तालिमको व्यवस्था गरेर नेपालमै रोजगार दिन सकिन्छ । अहिले नेपालको सन्दर्भमा भन्ने हो भने सार संसारले लगानी गरेको छ । खरबौं रुपैया भित्रिएको अवस्था छ । त्यसलाई हामीले खर्च गर्न सकिरहेको अवस्था छैन । दिनप्रतिदिन मजदुरदेखि गिट्टि फोड्ने र लेबर काम गर्नेदेखि दक्ष जनशक्ति दिनको १५ सयभन्दा बढि पलायन भएको अवस्था छ । जुन बाह्य देशले सहयोग गरेको पैसा नेपालमा महाभूकम्पको व्यवस्थापन गर्नेमा नौ लाखभन्दा बढिलाई रोजगारी दिन सकिन्छ । आखेरी मलेसिया, कतारमा गिट्टि ढुंगा फोड्ने नेपाली नागरिक, यूवा, नेपालमै फोड्दाखेरि त उसले स्वाभिमान साथ आफ्नो नेपालकै पानी खाएर, नेपालकै भूमिमा आफ्नो रगत, पसिना बगाएर आफ्नो श्रमको शक्ति संचित गर्न सक्थ्यो नी त । तर त्यो किन शक्ति सञ्चय गर्न सकिरहेको छैन त राज्यले, त्यो सोचको कमि । राज्यले सिमित एनजिओहरु मार्पmत चलाउने भनेको छ । सोचमा परिवर्तन नभएसम्म नेपालमा कुनै पनि वर्गले प्रगति गर्न सक्दैन । नेपालमा व्याप्त बेरोजगारीको समस्या होस वा हरेक नेपालका संकटहरुलाई समाधान गर्नको लागि सबैभन्दा पहिले हरेक राजनैतिक दल आपैmमा परिवर्तित हुनु प¥यो । समग्र नेपालीको भावना बुझेर अगाडि बढ्न सक्नु प¥यो । अनि मात्रै संवृद्धिशाली नेपाल निर्माण गर्न सकिन्छ भन्ने मैले विस्वास लिएको छु ।

विपिको विचार नेपाली कांग्रेसले छोड्दै लगेको भन्ने गुनासोहरु दिनप्रतिदिन बढिरहेको छ, के पार्टीले विपिको विचारलाई छोड्दै लगेको हो त ?

विपिको विचारलाई कांग्रेसले छोड्यो भने कांग्रेस पार्टी दुर्घटनामा जान्छ । अहिले भातृसंगठनभित्र पार्टीले ज्याजति गरेको छ, त्यो वास्तवमा कहि विपिको विचारलाई अनुसरण गरको होइन की भन्ने यदाकता हामीले पनि महशुस गरिहेका छौं । तर अहिले नयाँ नेतृत्वले जहाँसम्म यो मिलाउँछ । शेरबहादुर देउवाले डडेलधुरा जस्तो विकट ठाउँबाट नेतृत्व गरेर यो हैसियतमा पुग्नु भएको र राजनितीमा धेरै उत्तरचढाव र धेरै संघर्ष गरेर पुग्नु भएको साहसि व्यक्तित्व, जसले चाँही आफ्नो क्षमता देखाएर यहाँसम्म पुग्नु भएको छ । कसैले माया गरेर पु¥याएको हैन नी त । त्यसैले शेरबहादुर देउवाले आफ्नो धरातल विर्सनु हुन्छ भन्ने हामीलाई लाग्दैन । ठूलो मान्छेको त्यत्ति धेरै कुरा हामीले खण्डन गर्नु हुन्न । हामी अत्यन्तै सम्मान गर्छौं । किनकी वहाँको परिश्रमलाई हामी सम्मान गर्छौं भने यस्तोमा अब नेविसंघको आमरण अनसन बसेको छ । यो इस्युमा बसेको कुरा हो । यसलाई पार्टिले संबोधन गर्नु पर्छ । तर केहि समय नेपाली कांग्रेसले निर्वाचन गरा भन्छ ? तर निर्वाचनमा चुनाव लड्न पाउँदैनस भन्छ ? त्यो त लोकतान्त्रिक पद्धतीको संस्कार त भएन नी ? त्यो विपिको विचार त भएन नी ? विपिले कुन दस्तावेजमा लेख्नु भएको छ की हरेक भातृसंगठनले निर्वाचन गराउनु पर्छ । तर तिमीहरु चुनाव लड्न पाउँदैन है भनेर कहि छ ? छैननी ? हो त्यस कारणले यो विषयमा पार्टीले मूल्याङकन गर्नुपर्छ । अहिले नेविसंघका नेताहरु आमरण अनसनमा बसेका छन् । मैले त्यो अनसनमा उपस्थिति र सहभागिता जनाइसके । अहिलेको नेतृत्वले त्यो आन्दोलनलाई चाँडै सम्बोधन गर्छ भन्ने मलाई विस्वास छ ।

नेपालको ऐतिहासिक परिवर्तनका लागि हरेक राजनैतिक दलहरुले यूवाहरुलाई परिचालन गर्छन, तर उनीहरु सत्तामा पुगेपछि युवाहरुलाई वेवास्ता गर्छन्, त्यस्ता नेताहरुको मानसिकताबाट बच्नको लागि के गर्नु पर्ला ?

नेपालको कुनै पनि आन्दोलनमा सायद युवा, विद्यार्थी नभएको भए नेपालका राजनैतिक दलहरुले आन्दोलन सफलता प्राप्त गर्न सक्ने थिएनन् । तर २००७ सालदेखि २०६२÷६३ र मधेस आन्दोलनसम्म नेपाली कांग्रेसले नै आन्दोलनको व्यवस्थापन गरेको छ । कति सहज रुपमा बाह्य शक्तिलाई पनि मिलाएको छ । नेपालको राजनैतिक दलहरुलाई एक ठाउँमा राखेर अगाडि बढेको अवस्था छ । अहिले म आफ्नै पार्टी भित्रको कुरा गर्छु, अन्य पार्टीको छोडौं । अहिले भातृसंगठनको समयमै निर्वाचन नगराउने, भातृसंगठनलाई समयमै परिचालित नगराउने, भातृसंगठनलाई आपसमा मनमुटाव गराउने, द्धन्द्धमा होमाउनु र व्यक्तिको मान्छे पिछलघु बनाउने, संगठनको मान्छे बनाउनु सक्नु प¥यो नी ? संगठनको मान्छे बनाउनलाई त पहिला त्यही किसिमको चरित्र निर्माण गर्नु प¥यो । तर त्यो किसिमको चरित्र निर्माण गर्न सकिरहेको अवस्था छैन । तर मलाई के विस्वास छ भने अब पार्टीको नेतृत्व आइसकेपछि त्यो किसिमको चरित्र निर्माण गर्छ । तर मेरो प्रयास भनेको भोलीको दिनमा समग्र नेपालका यूवाहरु अब आन्दोलमा होइन, हामी देशलाई संवृद्धिशाली र विकसित नेपाल बनाउनका लागि पार्टीभित्र पनि हामीले विद्रोह गर्नु परेपनि तयार हुनु पर्छ । अब आन्दोलनमा जाने पार्टीलाई पनि हामीले निरुत्साहित गरेर विकसित नेपाल तर्पm उन्मुख हुने प्रतिबद्धता जनाउनु पर्छ । यो तरुणदलको निर्वाचनपछि चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भैसक्यो भने त्यो अवसर यदि मलाई मिलेको खण्डमा म गरेर देखाउने छु भन्ने म तपाईको मिडिया मार्पmत प्रतिबद्धता जाहेर गर्दछु ।

अन्त्यमा नेपालका यूवाहरुलाई तपाईको के सन्देश छ ?

म सर्वप्रथमत नेपालका यूवाहरु के भन्न चाहन्छु भने नेपालका यूवाहरु हरेक क्षेत्रमा हुनुहुन्छ, राजैतिक क्षेत्रमा, विभिन्न व्यवसायिक क्षेत्रमा, औद्योगिक क्षेत्र लगायत सबै क्षेत्रमा हुनुहुन्छ । कतिपय यूवाहरु राज्यको प्रमुख निकायमा पनि हुनुहुन्छ । ती तमाम यूवाहरुलाई के भन्छु भने हामीले राष्ट्रियताको बारेमा सोच्नु प¥यो । यूवाको भविष्यको बारेमा सोच्नु प¥यो । यो राष्ट्रियता रह्यो भने मात्र हामी सबै नेपालीको अस्थित्व रहन्छ । अनिमात्र नेपाली यूवाहरुको भावनाको कदर हुन्छ । हामीले पहिले हाम्रो सोचमा परिवर्तन गरौं । हामी इमान्दार बनौं । प्रतिबद्ध बनौं । हामी एक अर्काको विस्वास मानेर अगाडि बढौं । अनिमात्र हामीले नयाँ नेपाल निर्माण गर्न सक्ने सपना परिकल्पना गर्न सक्छौं । यो नेपाल तरुणदल मार्पmत नयाँ नेपाल निर्माण गर्ने परिकल्पना नेपाल तरुणदलले गरोस, यो धारणा नेपाल तरुणदलको अवधारणा बनोस र यही सोचका साथ हामी अगाडि बढौं भन्ने मैले तरुणदलका साथीहरुलाई र नेपालका समग्र यूवाहरुलाई नेपाल तरुणदलले नेतृत्व गर्ने क्षमता वृद्धि पनि होस र त्यसले सही दिशा दिओस । हिजो विपिले दिनुभएको विचार सबै पार्टीले प्रशंसा गरेको छ । अनि तरुणदलले दिएको विचार त तरुण यूवाहरुले गर्न सक्छन् नी त । त्यो पनि होस भन्ने मेरो सदिक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार