८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पहिरोका कारण आठ परिवार विस्थापित



पाँचथर, ३ असोज । वर्षासँगै खसेको पहिरोका कारण पाँचथरको लुङ्रुपा–२ का छेउटारका आठ घरपरिवार विस्थापित भएका छन् ।

शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण घरमुनिबाट बग्ने फेमे खोलाले कटान गरेपछि खसेको पहिरोले स्थानीय कमल तामाङ, नर्बु तामाङ, सुकमान तामाङ, निशान तामाङ, रणध्वज तामाङ, आमखोले तामाङ, पाख्रिन तामाङका परिवार विस्थापित बनेका हुन् ।

ती परिवारलाई अहिले छिमेकीको घरमा स्थानान्तरण गरिएको स्थानीय डिल्ली रामदुलालले जानकारी दिनुभयो ।

पहिरोका कारण विस्थापित बन्न भएको खबर गर्दा पनि प्रहरी नपुगेकामा पहिरोपीडितले गुनासो गरेका छन् । रासस

Sagarmatha

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ८ : ३२ बजे