काठमाडौं । शेर्पा संघ अमेरिकाको प्रथम ऐतिहासिक अधिवेशनले ङिमा शेर्पालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले शेर्पाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा लाक्पादेण्डी शेर्पा तथा उपाध्यक्षमा मिङमार शेर्पा खोटाङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा फुर्वा शेर्पा, सचिवमा डोमा शेर्पा, कोषाध्यक्षमा श्यामु शेर्पा संखुवासभा र सहकोषाध्यक्ष आङपासाङ (एपी) लामा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अमेरिकामा भएको प्रथम ऐतिहासिक अधिवेशनले सदस्यहरुमा आङछिरिङ शेर्पा, सोनामगेल्बु शेर्पा रामेछाप, डोमा शेर्पा दोलखा, ङुर्मी शेर्पा दोलखा, गेल्बु शेर्पा ओखलढुंगा, लक्ष्मी शेर्पा सिन्धुपाल्चोक, आङफुरी शेर्पा सोलुखुम्बु र फुर्वाछिरी शेर्पालाई सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
नेपालको विभिन्न जिल्लाबाट अमेरिकामा बस्दै आएका शेर्पाहरुको भाषा, धर्म, सँस्कार र सँस्कृतिलाई जगेर्ना गर्दै पुस्तान्तरण गर्नको लागि शेर्पा संघ अमेरिका गठन गरिएको हो । संघले सँस्कार, सँस्कृतिको साथै अमेरिकामा भएका शेर्पा समुदायलाई विभिन्न कार्यमा सहयोग गर्ने समेत बताएको छ ।

११ भाद्र २०७५, सोमबार
315
Shares







