
काठमाडौं । पहिलो नेपाल आइडल विजेता बुद्ध लामाको ‘सानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एपी वान टेलिभिजनको रियालीटि शो नेपाल आइडल सिजन टू मार्फत लामाको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा लामा आफैले मोडलिङ गरेका छन् । ‘सानी नरिसाउ न, मलाई फकाउन आउदैन’ भन्दै उनी म्युजिक भिडियोमा छमछमी नाँचेका छन् । उनलाई मोडल विनिताले साथ दिएका छन् । जीवनको भर नहुँने, साँचो माया गर्नेलाई कसैको डर नहुँने, मेरो मायामा हुन्न बेईमानी भन्दै लामाले सानीलाई फकाएका छन् ।
गीतमा आशुसेन लामाको शब्द, संगीत, फनिन्द्र राईको एरेञ्ज रहेको छ । कोरियोग्राफर सञ्जय लामाले गरेका छन्, भने म्युजिक भिडियोलाई मनोजराज अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२२ भाद्र २०७५, शुक्रबार
315
Shares







