२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

जन्तेढुङ्गा गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना


रासस

२३ भाद्र २०७५, शनिबार  

105
Shares

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका ६ वटै वडाका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका विद्यालयबाहिर नरहेको देखिएपछि सो गाउँपालिकालाई शत्प्रतिशत विद्यार्थी भर्ना गाउँपालिका घोषणा गरिएका हो ।
पाँच देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय नपठाए वडाको सेवासुविधाबाट वञ्चित गराउने नियम लगाएपछि अभिभावकले आफ्ना सबै बालबालिकालाई विद्यालयमा भर्ना गराएको सो गाउँपालिकाका कर्मचारीले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  ५ : ४१ बजे